छत्तीसगढ़मा कार पुलसित ठोकियो, चार जना जले
कार


रायपुर, 19 जुलाई (हि.स.)। छत्तीसगढ़को कांकेर जिल्लाको आतुरगाउँमा राति लगभग 1 बजी कार (स्विफ्ट डिजायर) दुर्घटनामा चार युवकको ज्यान गयो। यो कार मूरवैन्डदेखि कांकेर गइऱहेको थियो। नेशनल हाइवे-30 मा अचानक पुलसित ठोकिएको कारमा आगो लाग्यो। कार सवार चार युवक जिउँदै जले। दुई युवकको अवस्था गम्भीर बताइएको छ।

कांकेरका पुलिस एसडीओपी मोहसिन खानले बताए, आतुर गाउँ नजिक पुल निर्माणको कारण सड़क डायवर्ट गरिएको छ। तीव्र रफ्तारको कारण चालकले कारलाई नियन्त्रित गर्न सकेन र कार पुलको रेलिङसित ठोकियो। पुलसित ठोकिएपछि कारमा भीषण आगो लाग्यो। दुई युवक उछिटिएर बाहिर झरे। चार युवक कारमै फंसिरहे र उनीहरूको मृत्यु भयो।

उनले बताए, दुर्घटनाको सूचना पाउनसाथ स्थानीय पुलिसको टीम फायर ब्रिगेडको साथ पुग्यो। तुरन्तै आगो निभाएर शवहरूलाई बाहिर निकालियो। मृतकहरूको पहिचान युवराज सोरी (24), कार चालक हेमन्त, दीपक र सूरजको रूपमा गरिएको छ। प्रीतम नेताम र पृथ्वीराज गम्भीर रूपमा जलेका छन्। यो कार कांकेरको शान्तिर नगरको प्रशान्त सिन्हाको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande