बालुरघाट अस्पतालमा इन्जेक्शन लगाइएपछि प्रसुताहरूको स्थिति झन् बिग्रियो, आधा रातमा आइपुगे स्वास्थ्य अधिकारी
बालुरघाट अस्पतालमा इन्जेक्शन लगाइएपछि प्रसुताहरूको स्थिति झन् बिग्रियो, आधा रातमा आइपुगे स्वास्थ्य अधिकारी


कोलकाता, 19 जुलाई (हि.स.)। बालुरघाट सुपर स्पेशियलिटी अस्पतालमा गए शुक्रवार राती त्यसबेला कोकोहोलो मच्चियो जतिबेला एकसाथ 8-10 जना प्रसुताहरूको स्थिति अचानक बिग्रियो। परिवारहरूको आरोप छ, अस्पतालद्वारा एक विशेष इन्जेक्शन दिइएपछि नै सबै महिलाहरू काँप्न थाले साथै श्वास-प्रश्वासमा पनि समस्या हुन थाल्यो। तुरून्तै दक्षिण दिनाजपुर जिल्लाका मुख्य स्वास्थ्य अधिकारी डा. सुदीप दास राती लगभग 10 बजे अस्पतालमा आइपुगे अनि बिहान 4 बजीसम्म निरन्तर स्थितिमाथि निगरानी राखे।

प्राप्त जानकारी अनुसार शुक्रवार राती प्रसुता वार्डमा भर्ती महिलाहरूलाई एउटा इन्जेक्शन दिइयो। इन्जेक्शन दिइएको केही समयपछि केही महिलाहरूमा काँप्ने, छटपटी तथा श्वासमा कष्ट जस्ता लक्षणहरू देखिन थाल्यो जसले गर्दा अस्पतालमा खैलाबैला मच्चियो साथै रोगीका परिवारहरू पनि आक्रोशित भए।

स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै तुरून्त दुईजना महिलाहरूलाई सीसीयूमा शिफ्ट गरियो भने अन्य महिलाहरूलाई एउटा भिन्नै कक्षमा विशेष निगरानीमा राखियो। यस अवधि बबाल हुनसक्ने आशंकालाई मध्यनजर गर्दै बालुरघाट थानाका आईसी सुमन्त विश्वास ठूलो संख्यामा पुलिस बल सहित घटनास्थलमा आइपुगे।

अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि रोगीहरूलाई कुन इन्जेक्शन दिइएको थियो र इन्जेक्शन नै उनीहरूको बिमारीको कारण बन्यो। अस्पताल प्रशासन र चिकित्सकहरूको टीमले सम्पूर्ण मामिलाको गहन जाँच गरिरहेको छ। तथापि शनिवार भोर बिहानसम्म पनि स्वास्थ्य अधिकारीले प्रेस समक्ष कुनै आधिकारिक बयान दिएका थिएनन्।

घटनाका प्रत्यक्षदर्शी औ एक जना रोगीका पति मिथुन मालीले बताए, “मेरी पत्नी प्रसुति विभागमा भर्ती भएकी छे। गए शुक्रवार राति सबैलाई एकसाथ एउटा इन्जेक्शन दिइयो जसपश्चात केही महिलाहरूको अवस्था बिग्रिन थाल्यो। कोही काँप्न थाले भने कसैलाई सास फेर्न गाह्रो भइरहेको थियो। हामीले मिलेर यसको व्यापक विरोध गऱ्यौं।”

अस्पताल प्रबन्धनले यस सम्पूर्ण घटनाक्रमको जाँच गरिरहेको छ प्रारम्भिक रिपोर्टपछि स्थिति स्पष्ट हुनेछ कि इन्जेक्शनको कारणले यस्तो भएको हो वा अन्य कारण थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande