चण्डीगढ़, 19 जुलाई (हि.स.)। अमृतसर स्थित स्वर्ण मन्दिरलाई बमले उड़ाउने धम्की एक पल्ट फेरि पाइएको छ। यो धम्की शनिवार ईमेलको माध्यमले पठाइएको छ। गत 6 दिनमा आठौं पल्ट ईमेलको माध्यमले स्वर्ण मन्दिरलाई बमले उड़ाउने धम्की दिइएको छ।
शनिवार प्राप्त धम्कीपछि पञ्जाब पुलिस बाहेक सीमा सुरक्षा बल (बीएसएफ) पनि सतर्क भएको छ। अमृतसर सीमावर्ती क्षेत्र भएको कारण यहाँ केही क्षेत्र बीएसएफको अधीन पर्छ। अब बीएसएफले दरबार साहिब परिसरमा आफ्नो गश्ती बढ़ाएको छ।
दरबार साहेबमा लगातार प्राप्त भइरहेको धम्कीपछि यहाँ पुगेका पूर्व सांसद एवं भाजपा नेता श्वेत मलिकले भने, उनले यो मुद्दा केन्द्रिय गृहमन्त्री अमित शाह समक्ष उठाएका छन्।
यसबीच अकाल तख्त साहिबका जत्थेदार ज्ञानी कुलदीप सिंह गड़गजले केन्द्र र राज्य पुलिसको सुरक्षा व्यवस्थामाथि प्रश्न खड़ा गरेका छन्। कुलदीप सिंहले भने, सरकारी जाँच एजेन्सीहरू असली आरोपीहरूसम्म पुग्न सकेका छैनन्। यो आश्चर्यजनक कुरा हो।
यस मुद्दामा पहिलो पल्ट मीडिया सामू आएका जत्थेदारले भने, पुलिसद्वारा हिरासतमा लिइएको आरोपीबाट के थाहा लागेको छ ? र पुलिसको जाँच कहाँसम्म पुगेको छ ?, यसबारे कुनै पनि जानकारी छैन। यी घटनाहरूले दरबार साहिबको गरिमालाई ठेस पुऱ्याइँदैछ र यहाँ आउने श्रद्धालुहरूको मनमा पनि आशंका उत्पन्न भइरहेको छ।
उल्लेख्य, अमृतसर पुलिसले यस मामिलामा फरीदाबादबाट एक सफ्टवेयर इन्जीनियरलाई हिरासतमा लिएर उसित सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी