पूर्व मुख्यमन्त्री करूणानिधिका जेठा छोरा एमके मुथुको निधन
मुथु


चेन्नई, 19 जुलाई (हि.स.)। दिवंगत द्रविड़ मुन्नेत्र कड़गम (डीएमके) नेता एवं पूर्व मुख्यमन्त्री एम करूणानिधिका जेठा एमके मुथुको शनिवार चेन्नईमा निधन भयो। उनको आयु 77 वर्ष थियो।

एमके मुथु अस्वस्थ हुँदा चेन्नईको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो। बिहान लगभग 8 बजी उनको निधन भयो। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिको निम्ति एनजम्बक्कम स्थित उनको घरमा राखिएको छ। एमके मुथुको जन्म 1948 मा करुणानिधिकी पहिलो पत्नी पद्मावतीबाट भएको थियो। उनले 1970 को दशकमा तमिल सिनेमामा अभिनेताको रूपमा आफ्नो अभिनय करियरको शुरूआत गरे। उनले 'पिल्लैयो पिल्लई', 'समयालकरन', 'अनैयाविलक्कु', 'इंगेयुम मनन' र 'पूक्कारी' जस्ता फिल्महरूमा अभिनय गरे औं जुन फिल्महरूमा उनले अभिनय गरेका छन्, त्यसमा केही गाना पनि गाएका छन्। उनले डीएमकेको मंचहरूमा पार्टीका नीतिहरूलाई बुझाउँदै गाना पनि गाएका थिए।

मुथुको निधनमा शोक व्यक्त गर्दै मुख्यमन्त्री एमके स्टालिनले भने, उनले यस्तो भाई गुमाएका छन्, जसले उनीमाथि आमा-बाबू सरह माया बर्साउनेगर्थे। उनले सोशल मीडिया एक्समा जारी सन्देशमा भनेका छन्, आज बिहान प्यारा दाज्यू एमके मुथुको निधनको खबर सुनेर ममाथि बिजुली झरेको जस्तो भयो। आफ्नो प्यारा भाई, जसले मलाई आमा-बाबू समान माया दिए, उनलाई गुमाएको दुःख छ।

उनले थप लेखे, अभिनय, संवाद र शारीरिक भाषामा उनको एक अनौठो शैली थियो। यही प्रतिभा र उत्साहको कारण उनले 1970 मा फिल्म उद्योगमा प्रवेश गरे। आफ्नो पहिलो फिल्ममै उनले दोहोरो भूमिका निभाए। पिल्लैयो पिल्लई, पुक्कारी, समयालकरन र अनैयाविलक्कु जस्ता फिल्महरूको माध्यमले उनी तमिलनाडूका दर्शकहरूमा मनमा स्थायी रूपमा बसे। उनमा एक दुर्लभ विशिष्टता थियो जुन धेरै अभिनेताहरूमा थिएन। उनी मधुर स्वरका धनी पनि थिए। उनको गीत आजपनि धेरै मानिसहरूका लागि अविस्मरणीय छ। उनले संधै नै मलाई माया दिए। मलाई निरन्तर प्रोत्साहित गर्थे। जब म उनलाई भेट्न जान्थे, उनले पुरा यादहरू साझा गर्थे। उनी आफ्नो प्रेमको माध्यमले, आफ्नो कला र गीतहरूको माध्यमले मानिसहरूको मनमा सदैव जीवित रहनेछन्। म उनलाई श्रद्धाञ्जलि अर्पित गर्दछु।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande