जम्मू, 19 जुलाई (हि.स.)। श्री अमरनाथ यात्राको लागि 6,365 जना तिर्थयात्रीहरूको नयाँ हुल बम-बम भोलेको जयघोष गर्दै आज जम्मूको भगवती नगर आधार शिविरदेखि दक्षिण कश्मीर हिमालयमा अवस्थित बाबा भोलेनाथको दर्शन गर्नका लागि प्रस्थान भयो।
अधिकारीहरूले बताए, आज बिहान कड़ा सुरक्षा व्यवस्थाबीच जम्मू आधार शिविरबाट 6,365 जना तिर्थ यात्रीहरूको एक झुण्ड कश्मीरस्थित श्री अमरनाथ गुफा तर्फ प्रस्थान भयो। यी तिर्थयात्रीहरूमध्ये 2,851 जना तिर्थयात्री पहलगाम तथा 3,514 जना बालटाल तर्फ प्रस्थान भए। यी तिर्थ यात्रीहरूले हल्का एवं भारी गरी 211 वटा वाहनहरूमा सवार भएर यात्रा गरिरहेका छन्।
गत 2 जुलाईको दिन उपराज्यपाल मनोज सिन्हाद्वारा पहिलो दललाई हरियो झण्डा देखाइएपछि 38 दिनव्यापी वार्षिक तिर्थ यात्रा दुवै मार्गबाट एकसाथ शुरू भएको छ। यो यात्रा आगामी 9 अगस्तमा समाप्त हुनेछ भने अहिलेसम्ममा 2.52 लाख तिर्थ यात्रीहरूले यस तिर्थस्थलको दर्शन गरिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा