चण्डीगढ़, 19 जुलाई (हि.स.)। आयभन्दा अधिक सम्पत्ति मामिलामा पक्रा परेका शिरोमणि अकाली दलका नेता एवं पूर्व मन्त्री बिक्रमजीत सिंह मजीठियाको न्यायिक हिरासतको अवधि बढ़ाइएको छ। न्यायिक हिरासतको अवधि समाप्त भएपछि शनिवार पञ्जाब विजिलेन्स ब्यूरोले उनलाई मोहालीको अदालतमा पेश गऱ्यो, जहाँबाट अदालतले उनलाई 02 अगस्तसम्म न्यायिक हिरासतमा पठाउने आदेश दियो।
बिक्रमजीत सिंह मजीठिया एकातिर न्यायिक हिरासतमा छन् भने अर्कोतिर विजिलेन्स ब्यूरोद्वारा लगातार उनको ठेगानाहरूमा छापामारी गरिँदैछ।
मोहाली अदालतद्वारा निर्देश दिइएपछि अब विजिलेन्स ब्यूरोको टीमले मजीठियाका उकीलहरूको उपस्थितिमा तलाशी अभियान चलाइरहेको छ।
यस अगाड़ी शुक्रवार विजिलेन्स ब्यूरोले नयाँ दिल्ली स्थित उनको उक्त फार्म हाउसमा छापा माऱ्यो, जसलाई मजीठियाको बेनामी सम्पत्तिको सूचीमा सामेल गरिएको छ। यसबीच मजीठियाको कम्पनीहरूबाट विजिलेन्सको तर्फबाट रेकर्ड पनि जफत गरिएको छ।
उल्लेख्य, बिक्रमजीत सिंह मजीठियालाई 26 जूनमा पक्राउ गरिएको थियो र उनी गत 06 जुलाईदेखि पटियालाको नाभा जेलमा बन्द छन्।
हिन्दुस्थान समाचार / भवानी थामी