‘मेक इन इण्डिया’ मा केवल असेम्बलिङ, असली निर्माण विदेशमा: राहुल गान्धी
राहुल


नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। कांग्रेस सांसद राहुल गान्धी ‘मेक इन इण्डिया’ अभियानलाई लिएर केन्द्र सरकारमाथि हमलावर छन्। उनले केन्द्र सरकारमाथि मेक इन इण्डियामा सहयोग दिने साना उद्यमीहरूका लागि नीति र समर्थन नभएको आरोप लगाए।

राहुल गान्धीले शनिवार एक्स पोस्टमा भनेका छन्, भारतमा बनेका अधिकतर टीवीको 80 प्रतिशत हिस्सा चीनबाट आउँछ ? ‘मेक इन इण्डिया’ को नाममा हामीले केवल असेम्बलिङ गरिरहेका छौं- असली मैन्युफेक्चरिङ होइन। आईफोनदेखि लिएर टीवीसम्म- पुर्जा विदेशबाट आउँछ, हामीले केवल जोड्छौं। साना उद्यमीले निर्माण गर्न चाहन्छ तर उसित न नीति छ न त सरकारको तर्फबाट कुनै ठोस समर्थन।

राहुल गान्धीले केन्द्र सरकारसित भारतलाई य़दि रोजगार, विकास र वास्तविक ‘मेक इन इण्डिया’ को दिशामा अगाड़ी बढ़ाउनु छ भने उसलाई असली मैन्युफेक्चरिङ पावर बन्नुपर्नेछ र चीनलाई बराबरीको टक्कर दिनुपर्ने माग गरे।

उनले भने, यसको निम्ति धरातलीय नीतिगत बदलावको खाँचो छ, जसबाट साना र मध्यम उद्यमहरूलाई सशक्त बनाउन सकियोस् र देश आत्मनिर्भर उत्पादनको बाटोमा अगाड़ी बढ़ोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande