नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। 1857 को क्रान्तिका नायक मंगल पाण्डेको जयन्तीमा देशभरिका नेताहरूले उनलाई श्रद्धाञ्जलि दिए। प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर धेरै केन्द्रिय मन्त्रीहरूले सोशल मीडिया प्लेटफार्ममा पोस्ट साझा गरी यस महान क्रान्तिकारीलाई याद गर्दै उनको अद्वितीय साहस र बलिदानलाई नमन गरे।
प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, महान स्वतन्त्रता सेनानी मंगल पाण्डेलाई उनको जयन्तीमा आदरपूर्ण श्रद्धाञ्जलि। उनी ब्रिटिश शासनलाई चुनौती दिने देशको अग्रणी योद्धा थिए। उनको साहस र पराक्रमको कथा देशवासीहरूका लागि प्रेरणाश्रोत बनिरहनेछ।
गृहमन्त्री अमित शाहले पनि मंगल पाण्डेलाई नमन गर्दै आफ्नो सन्देशमा लेखेका छन्, 1857 को संग्रामका नायक, अद्वितीय योद्धा र राष्ट्रप्रेमको प्रेरणा मंगल पाण्डेलाई उनको जयन्तीमा कोटि-कोटि नमन। उनले 1857 को संग्रामलाई आफ्नो पराक्रमले अंग्रेजी शासनको आधार हल्लाएका थिए। उनको नेतृत्वमा बेरकपुर छाउनी आजादीको आन्दोलनको केन्द्र बन्यो र देशभरिमा आजादीको यस्तो लहर चल्यो, जसबाट अंग्रेजहरूको निद्रा उड्यो। देशको हरेक युवाले उनको जीवनबाट मातृभूमिप्रति समर्पणको प्रेरणा लिनुपर्छ।
मंगल पाण्डे भारतको आजादीको पहिलो लड़ाईको अग्रदूत मानिन्छन्। उनी ब्रिटिश ईस्ट इण्डिया कम्पनीको सेनामा सिपाही थिए र 29 मार्च 1857 मा उनले बेरकपुर छाउनीमा अंग्रेज अफिसरहरूमाथि हमला गरी विद्रोहको शुरूआत गरेका थिए। त्यस समय सैनिकहरूलाई जुन एनफील्ड राइफल दिइन्थ्यो, त्यसको कारतूसमा गाई वा सुङ्गुरको बोसो लागेको हुन्थ्यो, जसबाट हिन्दू र मुस्लिम सिपाहीहरूको धार्मिक भावना आहत भयो। मंगल पाण्डेले यसको खुल्ला विरोध गरे औं आफ्नो अधिकारीहरूमाथि गोली चलाए। यही घटना 1857 को स्वतन्र्िता संग्रामको सूत्रपात बन्यो तर उनको बलिदानको चर्चा पूरा देशमा फैलियो। उनको साहस, त्याग र मातृभूमिको निम्ति जुनून भावी पीढ़ीहरूको निम्ति प्रेरणाको श्रोत बन्यो। मंगल पाण्डेको नाम भारतीय इतिहासमा त्यस पहिलो योद्धाको रूपमा दर्ता छ, जसले अंग्रेजहरू विरूद्ध विद्रोहको शुरूआत गरी भारतको आजादीको नींव राखे।
हिन्दुस्थान समाचार / भवानी थामी