प्रयागराजमा घूस लिँदै गरेको दरोगा पक्राउ
प्रयागराजमा घूस लिँदै गरेको दरोगा पक्राउ


प्रयागराज, 18 जुलाई (हि.स.)। करछना थानामा तैनाथ उपनिरीक्षकलाई घूस लिँदै गरेको शुक्रवार रेड ह्याण्डेड प्रयागराज मण्डल एन्टी करप्शनको टीमले पक्राउ गऱ्यो। पक्रा परेको उपनिरीक्षक विरूद्ध औद्योगिक थानामा मामिला दर्ता गरी विधिक कारबाही गरियो।

एन्टीकरप्शनका ट्रेप प्रभारी निरीक्षक वर्षा श्रीवास्तवले बताइन्, पक्रा परेको आरोपी बलिया जिल्लाको सहतवार थाना क्षेत्रको रजौली गाउँ निवासी अभिनव सिंह पुत्र स्वर्गीय राम सुरेश यादव प्रयागराजको करछना थानामा उपनिरीक्षकको पदमा कार्यरत छ। यस सम्बन्धमा करछनाको देवरी गाउँ निवासी रवि सिंहले शिकायत गरेका थिए कि एक मुकदमाको विवेचनामा नाम निकाल्नको निम्ति पच्चीस हजार रूपियाँको घूसको माग गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande