नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। जनसत्ताका संस्थापक सम्पादक प्रभाष जोशीको जयन्तीको अवसरमा आइतवार राष्ट्रिय राजधानी दिल्लीको राजघाटको सत्याग्रह मण्डपमा साझँ चार बजीदेखि 'प्रभाष प्रसंग' आयोजित हुनेछ। यो जानकारी प्रभाष परम्परा न्यासका सचिव मनोज मिश्रले आज दिए।
प्रभाष परम्परा न्यासका सचिव मिश्रले बताए, पद्मभूषणले सम्मानित प्रसिद्ध पत्रकार र इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्रका अध्यक्ष रामबहादुर रायले 'एमरजेन्सी के 50 साल: अनुभव, अध्ययन और सबक' विषयमाथि प्रभाष जोशी स्मारक व्याख्यान दिनेछन्। अध्यक्षता वरिष्ठ पत्रकार जवाहरलाल कौलले गर्नेछन्।
उनले बताए, केन्द्रिय संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत हुनेछन् र विशिष्ट अतिथि मध्य प्रदेशका उप मुख्यमन्त्री राजेन्द्र शुक्ल मुख्य अतिथि हुनेछन्। पद्मश्री प्रहलाद सिंह टिपानियाको कबीर भजन गायन पनि हुनेछ। प्रभाष जोशीको 05 नोभेम्बर 2009 मा निधन भएको थियो। उनको निधनपछि उनको परम्परालाई जारी राख्नका लागि बनेको प्रभाष परम्परा न्यासले लगातार विभिन्न कार्यक्रमहरू आयोजन गरिरहेको छ। त्यही क्रममा आइतवार (20 जुलाई) प्रभाष पर्वको आयोजन भइऱहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी