हावड़ा, 19 जुलाई (हि.स.)। पश्चिम बंगालको कानून-व्यवस्थालाई लिएर फेरि एकपटक प्रदेश भाजपा अध्यक्ष शमिक भट्टचार्यले तृणमूलमाथि तीव्र प्रहार गरेका छन्। बिहारका ग्यांगस्टर चन्दन मिश्रा हत्याकाण्डमा सामेल केही आरोपीहरूलाई न्यू टाउन क्षेत्रबाट पक्राउ गरिएपछि उनले भने, “अब हरेक अपराधी र आतंकवादीलाई यस्तो लाग्नेछ कि यो सरकार उनीहरूको आफ्नो हो।”
शनिवार बिहान शमिक भट्टचार्य हावड़ामा भाजपाका पूर्व प्रदेश अध्यक्ष औ वर्तमानमा हरियाणाका राज्यपाल नियुक्त भएका असीम घोषसित शिष्टाचार भेट गर्न आएका थिए। उनले असीम घोषलाई नयाँ जिम्मेवारीको लागि शुभकामना दिए।
यसावधि उनले मीडियासित बातचित गर्दै राज्य सरकारमाथि आरोप लगाए, “राज्यमा जति पनि असामाजिक तत्व, अपराधी औ आतंकवादीहरू छन्, उनीहरूलाई यस्तो लाग्छ कि यो उनीहरूको सरकार हो। बंगालमा अब कानून-व्यवस्था नामक कुनै वस्तु बचेको छैन। प्रशासन पूर्ण रूपले राजनीतिक भइसकेको छ र उसको रीढ़ भाँचिसकेको छ। त्यसैले राज्यमा हिजोआज यस्ता घटनाहरू भइरहेका छन्।”
शमिक भट्टचार्यले बंगलादेशी अनुप्रवेश तथा आतंकवादी गतिविधिहरूलाई लिएर पनि चिन्ता व्यक्त गर्दै भने, “आज बंगलादेशी अनुप्रवेशकारीहरू पश्चिम बंगालमा गोप्य रूपमा बसिरहेका छन्। आईएसआईएसका एजेन्ट पनि यहीँबाट पक्रा परिरहेको छ। राज्यमा सरकार, मन्त्री, नेता, आतंकवादी तथा अनुप्रवेशकारी, सबै एकजुट भएका छन्। यो राज्य अब फुटबल मैदानमा परिणत भइसकेको छ। मानिसहरू यस्तो अवस्थादेखि बाहिर निक्लिन चाहन्छन्।”
यसरी नै बालुरघाटको एक सरकारी अस्पतालमा कथित रूपमा गलत इन्जेक्शन दिएको कारणले आठ जना गर्भवती महिलाहरू बिमार भएको घटनालाई लिएर उनले भने, “तृणमूलको सरकार रहुञ्जेलसम्म राज्यमा यस किसिमको अराजकता कायम रहनेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा