भीडीजी सदस्यको हतियारबाट गल्तीले चलेको गोलीले एक जना महिलाको मृत्यु
भीडीजी सदस्यको हतियारबाट गल्तीले चलेको गोलीले एक जना महिलाको मृत्यु


किश्तवाड़, 19 जुलाई (हि.स.)। किश्तवाड़ जिल्लाको चटरू क्षेत्रमा गए शुक्रवार अबेर राति एक जना ग्राम रक्षा गार्ड (भीडीजी)- सदस्यको हतियारबाट गल्तीले चलेको गोली लागेर एक जना महिलाको मृत्यु भएको छ।

एकजना वरिष्ठ पुलिस अधिकारीले बताए, यो घटना किश्तवाड़ शहरको सिंगपुरा एरियागाम गाउँमा भएको हो। पीड़िताको पहिचान स्थानीय निवासी राकेश कुमारकी पत्नी पुष्पा देवी (35)- को रूपमा भएको छ।

प्रारम्भिक रिपोर्टबाट थाहा लागे अनुसार गोली गल्तीले चलेको थियो। अधिकारीले भने, महिलाको घटनास्थलमै मृत्यु भयो। पुलिसले यस घटनाको पछाड़ि रहेको सही कारणहरू पत्तो लगाउन जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande