आवासीय घरमा छापामारीमा 7.06 ग्राम हेरोइन जफत, आऱोपी पक्राउ
आवासीय घरमा छापामारीमा 7.06 ग्राम हेरोइन जफत, आऱोपी पक्राउ


धर्मशाला, 20 जुलाई (हि.स.)। पुलिस जिल्ला नूरपुरद्वारा नशा विरूद्ध चलाइएको अभियान अन्तर्गत छन्नीमा एक नशा तस्करदेखि 7.06 ग्राम हेरोइन जफत गरिएको छ।

पुलिस थाना डमटाल अन्तर्गत छन्नीमा पुलिसले यस मामिलामा आकाशदीप निवासी गाउँ र डाकखाना मैहतावपुर तहसील मुकैरिया जिल्ला होशियारपुर, पञ्जाबलाई पक्राउ गरेको छ। उक्त तस्कर आफ्नो ससुराली गाउँ छन्नीमै बस्दछ, जहाँ उसको आवासीय घरमा छापामारीमा 7.06 ग्राम हेरोइन जफत गरिएको छ।

एसपी नूरपुर अशोक रत्नले बताए, उपरोक्त आरोपीलाई पक्राउ गरी उ विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ। उपरोक्त मामिलामा नियमानुसर आगामी कारबाही गरिँदैछ। भविष्यमा पनि नशाको अवैध कारोबार विरूद्ध जिल्ला पुलिस नूरपुरको अभियान जारी रहनेछ, उनले भने।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande