अलिपुरद्वार, 20 जुलाई (हि. स.)। राज्यमा सत्तासिन तृणमूल कंग्रेस पार्टी राज्यभरि नै 21 जुलाईको शहीद दिवस ऱ्यालीका तयारीहरूमा व्यस्त छ भने अर्कोतिर उत्तर बंगालबाट पार्टीलाई ठूलो झट्का लागेको छ। अलिपुरद्वार जिल्लाको कुमार ग्राम ब्लकस्थित बारोबिशा क्षेत्रबाट गए शनिवार साँझ आयोजित भाजपाको एक जनसभामा तृणमूललाई छाड़ी लगभग सय परिवारहरूले भाजपाको सदस्यता ग्रहण गरे।
यस अवसरमा भाजपा जिल्लाध्यक्ष मिठु दासले नयाँ सदस्यहरूलाई पार्टीको झण्डा सुम्पिए। कार्यक्रममा कुमार ग्रामबाट भाजपा विधायक मनोज कुमार उराउँ पनि उपस्थित थिए। एकातिर तृणमूल समर्थक अनि कार्यकर्ताहरू 21 जुलाईको ऱ्यालीमा सामेल हुनका लागि कोलकाता तर्फ प्रस्थान भइरहेका छन् भने अर्कोतिर उत्तर बंगालमा भाजपाको यो जनसम्पर्क तथा सदस्यता अभियान राजनीतिक जगतमा चर्चाको विषय बन्न पुगेको छ।
यो राजनीतिक घटनाक्रम यस्तो समयमा भएको छ जतिबेला तृणमूल कंग्रेसले सोमवार शहीद दिवस मनाइरहेको छ र आगामी विधानसभा चुनाउपूर्व यो पार्टीको अन्तिम शहीद दिवस आयोजन हो। ऱ्यालीमा मुख्यमन्त्री ममता ब्यनर्जीको भूमिका र उनको सन्देशलाई तृणमूल समर्थकहरूको लागि अत्यन्त महत्वपूर्ण मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा