चंडेल (मणिपुर), 20 जुलाई (हि.स.)। असम राइफल्सले मणिपुरको चंडेल जिल्लाको सजिक टमपाक क्षेत्रमा ठूलो कारबाहीलाई परिणआम दिँदै भारी मात्रामा मादक पदार्थ र नगद जफ्त गरेको छ। यो कारबाही गुप्त सूचनाको आधारमा गरिएको हो।
असम राइफल्सका प्रवक्ताले आइतवार बताए, असम राइफल्सको टीमले मोबाइल वाहन चेकपोस्ट नजिक दुईवटा मोटरसाइकल जफ्त गऱ्यो जसलाई संदिग्धहरूले घटनास्थलमै छोड़ेर भागेका थिए। जाँच गर्दा मोटरसाइकलबाट 50.5 किलोग्राम अफिम भेटियो जसको अनुमानित मूल्य 2.52 करोड़ रुपियाँ रहेको छ। यस अतिरिक्त 1.24 करोड़ रुपियाँ नगद (बर्मेली मुद्रा) अनि दुई लाख रुपियाँ (भारतीय मुद्रा) पनि जफ्त गरियो।
जफ्त गरिएको मादक पदार्थ र नगदलाई अग्रिम कारबाहीको लागि चकपिकारोंग पुलिसलाई सुम्पिइएको छ। अधिकारीहरूले भने, असम राइफल्स पूर्वोतर भारतलाई नशामुक्त र सुरक्षित बनाउनको लागि प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा