पटना, 20 जुलाई (हि.स.)। नालन्दा जिल्लाको पावापुरी थाना क्षेत्र अन्तर्गत पावा गाउँमा एउटै परिवारका पाँच जना मानिसहरूद्वारा विषाक्त पदार्थ सेवन गरेको मामिलामा परिवारका पाँचौं सदस्य धर्मेन्द्र प्रसादको पनि मृत्यु भयो। धर्मेन्द्र प्रसादले पटनाको पीएमसीएचमा गए शनिवार राति अन्तिम सास लिए।
यस मामिलामा गत शुक्रवार साँझ पहिला विम्स पावापुरीमा दुई छोरीहरू क्रमैले दीपा कुमारी (16) र अरिका कुमारी (14)-को मृत्यु भएको थियो भने गए शनिवार भोर बिहान महिला सोनी देवी (38) र छोरा शिवम कुमार (15)-को मृत्यु भएको थियो।
राजगीरका डीएसपी सुनिल कुमारले भने, ऋृणको लागि सताउने आरोपीहरूको खोजीमा छापामारी गरिँदैछ। हाल ऋृण कति थियो, पत्तो लगाइँदैछ। धर्मेन्द्र कुमारको कान्छा छोरासित जाँचबुझ गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा