राँची, 20 जुलाई (हि.स.)। प्रतिबन्धित नक्सली संगठन भाकपा माओवादीको पूर्वी रिजनल ब्यूरोले 20 जुलाईदेखि आगामी 3 अगस्तसम्म झारखण्डमा स्मृति सभा आयोजना गर्ने घोषणा गरेको छ। साथै तीन अगस्तको दिन झारखण्ड, बिहार, उत्तरी छत्तीसगढ़, बंगाल र असममा बन्दको आह्वान गरेको छ।
पूर्वी रिजनल ब्यूरो प्रवक्ता संकेतले एक प्रेस विज्ञप्ति जारी गरी बन्दको आह्वान गरेका छन्। माओवादीहरूले यस अवधि आफ्ना प्रभाव क्षेत्रहरूमा सभा अनि कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएका छन्।
राज्य पुलिस प्रवक्ता एवं आईजी अभियान डा. माइकल एस. राजले बताए, माओवादीहरूको योजना बारे जानकारी प्राप्त भएको छ जसलाई मध्यनजर गर्दै सबै नक्सल प्रभावित जिल्लाहरूलाई अलर्ट गरिएको छ। पुलिस सतर्क छ र कुनै पनि स्थितिसित भिड़्नको लागि तयार छ। माओवादीहरूको बन्दलाई केन्द्र गर्दै बस स्ट्याण्ड, रेलवे स्टेशन, एयरपोर्ट सहित अन्य सार्वजनिक स्थानहरूमा विशेष सतर्कता अप्नाउने निर्देश दिइएको छ।
उल्लेखनीय छ, बोकारोको लुगू पहाड़ी क्षेत्रमा गत 21 अप्रेलमा भएको भिड़न्तमा पुलिसले केन्द्रिय कमिटी सदस्य प्रयाग माझी उपनाम विवेक सहित केही माओवादीहरूलाई मारेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा