स्कटिश चर्च कलेजमा तृणमूलको ब्यानर झुण्डाइएकोमा विवाद, विद्यार्थी एवं पूर्व विद्यार्थीहरूमा असन्तोष
स्कटिश चर्च कलेजमा तृणमूलको ब्यानर झुण्डाइएकोमा विवाद, विद्यार्थी एवं पूर्व विद्यार्थीहरूमा असन्तोष


कोलकाता, 20 जुलाई (हि.स.)। कोलकाताको प्रतिष्ठित शैक्षणिक संस्थान स्कटिश चर्च कलेजमा तृणमूल छात्र परिषद (टीएमसीपी)- को झण्डा र ब्यानर झुण्डाइएकोमा विवाद उत्पन्न भएको छ। कलेज परिसरमा राजनीतिक प्रतीकको उपस्थितिले वर्तमान-पूर्व दुवै विद्यार्थीहरूमा गहिरो असन्तोष व्याप्त भएको छ जसले विगत लामो समयदेखिकै यस संस्थानको अराजनीतिक छविमाथि गर्व गर्दै आइरहेका छन्।

एक जना पूर्व छात्रले हिन्दुस्थान समाचार-लाई बताए, शैक्षणिक उत्कृष्टता औ राजनीतिक तटस्थताको लागि प्रसिद्ध यो कलेज अहिले आफ्नो त्यही छविलाई लिएर प्रश्नहरूको परिधिभित्र परेको छ। छात्र अनि पूर्व छात्रहरूको मान्यता छ, यो घटनाले कलेजको वर्षौं पुरानो परम्परा अनि मूल्यलाई ठेस पुऱ्याएको छ।

विश्वसनीय सूत्र अनुसार छात्र समुदाय औ पूर्ववर्ती विद्यार्थीको एउटा ठूलो वर्गले यस मुद्दालाई लिएर कलेज प्रशासनसित औपचारिक सिकायत दर्ता गराउने तयारी गरिरहेको छ। उनीहरू चाहन्छन्, यथाशीघ्र कुनै ठोस कदम उठाएर यो सुनिश्चित गरियोस् कि कलेज परिसर राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपले मुक्त रहोस्।

यस घटनाले वर्तमान परिस्थितिमा चिन्ता बढ़ाइदिएको छ जतिबेला राज्यका केही शिक्षण संस्थानहरूमा राजनीतिको बढ़्दो प्रभावलाई लिएर बहस जारी छ। स्कटिश चर्च कलेजको मामिलामा यो विवाद यसकारणले पनि महत्वपूर्ण हुन्छ, किनभने यो संस्थानलाई लामो समयदेखिकै एक अराजनीतिक तथा समर्पित शैक्षणिक वातावरणको प्रतीक मानिँदै आएको छ।

कलेज प्रशासनको पक्षबाट अहिलेसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर छात्र अनि पूर्व छात्रहरूको लगातार बढ़्दो प्रतिक्रियाबीच प्रशासनमाथि चाँड़ै कारबाही गर्ने दबाव बढ़िरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande