नयॉं दिल्ली, 20 जुलाई (हि.स.)। भारत-पाकिस्तानबीच आइतवार प्रस्तावित वर्ल्ड च्याम्पियनशिप अफ् लीजेन्ड्स (डब्ल्युसीएल) को म्याच रद्द गरिएको छ। धेरै भारतीय खेलाडीहरूले म्याचबाट नाम फिर्ता लिएपछि आयोजकहरूले उक्त निर्णय लिएका हुन्।
वर्ल्ड च्याम्पियनशिप अफ् लीजेन्ड्सका आयोजकहरूले आधिकारिक बयान जारी गरेर भनेका छन्, भारत र पाकिस्तानबीच आइतवार प्रस्तावित म्याच रद्द गरिएको छ। डब्ल्युसीएलले भारतीय खेलाडीहरू र फ्यान्ससॅंग अन्जानमा भावनालाई ठेस पुगेकोमा माफी पनि गरेको छ।
भारतीय खेलाडीहरूले पाकिस्तान विरुद्ध म्याच खेल्न अस्वीकार गरेका थिए, जसपछि डब्ल्युसीएलले यस्तो निर्णय लिनु परेको बताइएको छ। टीम इण्डियाका दिग्गज खेलाडी रहेका युवराज सिंहको अगुवाईमा इण्डिया च्याम्पियन्सको अर्को म्याच 22 जुलाईमा साउथ अफ्रीकासॅंग हुनेछ।
पाकिस्तानसॅंग आइतवार हुने भनिएको म्याच भारतको यस टुर्नामेन्टमा पहिलो स्पर्धा थियो। भारतीय टीममा हरभजन सिंह, शिखर धवन, सुरेश रैना, रबिन उथप्पा र अंबाती रायुडू जस्ता पूर्व स्टार खेलाडीहरू छन्। उनीहरू मध्ये अधिकांश भारतीय खेलाडीहरूले पाकिस्तानसॅंग म्याच खेल्न अस्वीकार गर्दै आफ्नो नाम फिर्ता लिएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी