कछार (असम), 20 जुलाई (हि.स.)। प्रतिबन्धित मादक पदार्थहरूविरूद्ध पुलिसद्वारा संचालित अभियानको क्रममा कछार जिल्लाको धलाई थाना अन्तर्गत सप्तग्राम क्षेत्रमा भारी मात्रामा हेरोइन जफत गरिएको छ। मणिपुरदेखि कछार हुँदै अन्य राज्यहरूमा तस्करी गर्ने प्रयासलाई असफल बनाउँदै पुलिसले एउटा वाहनबाट 6.22 करोड़ रुपियाँको हेरोइन जफत गरेको छ।
पुलिस अधीक्षक नुमल महत्ताले आइतवार बताए, मणिपुरको चुराचाँदपुरदेखि कछार तर्फ आइरहेको एउटा वाहन मार्फत मादक पदार्थ तस्करी भइरहेको सूचनाको आधारमा धलाई थाना पुलिसले अभियान चलायो। सप्तग्राममा वाहनलाई रोकेर जाँच गरियो जसमा वाहनको गुप्त च्याम्बरबाट 99 वटा बक्सामा लुकाएर राखिएको 1.22 किलोग्राम हेरोइन जफत गरियो। डिटेक्शन किटले जाँच गर्दा यो प्रतिबन्धित हेरोइन रहेको पुष्टि भयो। जफत हेरोइनको कालो बजारमा अनुमानित मूल्य 6.22 करोड़ रुपियाँ रहेको छ।
पुलिसले घटनास्थलबाट वाहन सवार मणिपुर निवासी मिखाइल ल्यारेम रूआत र उसकी पत्नी मरिना नैतिनफललाई पक्राउ गरेको छ। प्रारम्भिक जाँचमा खुलासा भएको छ, हेरोइनको खेपलाई म्यान्मारदेखि मणिपुर हुँदै भारतमा ल्याइएको थियो। त्यसपछि कछारको बाटो भएर अऩ्य राज्यहरूमा पठाउने योजना थियो। पुलिसले यस तस्करीमा सामेल अन्तर्राष्ट्रिय गिरोहको कनेक्शनको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा