चोरेको मोबाइललाई नेपालमा सप्लाई गर्ने आरोपी पक्राउ
चोरेको मोबाइललाई नेपालमा सप्लाई गर्ने आरोपी पक्राउ


नयाँ दिल्ली, 20 जुलाई (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले अन्तर्राष्ट्रिय स्तरमा चोरेको मोबाइल सप्लाई गर्ने कुख्यात अपराधी सतेन्द्र प्रताप सिंह उपनाम सुर्जीलाई करोलबाग स्थित उसको पसलबाट पक्राउ गरेको छ। पुलिसले आरोपीको कब्जाबाट 42 वटा महँगो मोबाइल फोन जसमा 16 वटा आई फोन सामेले छ,-लाई जफ्त गरेको छ। जाँचमा थाहा लागे अऩुसार आरोपीले चोरीका मोबाइलहरूलाई किनेर नेपालको ग्रे मार्केटमा बेच्दै आएको थियो। अहिलेसम्ममा उसले तीन-चार सय वटा मोबाइल फोन नेपालमा सप्लाई गरिसकेको छ।

क्राइम ब्राञ्चका डीसीपी हर्ष इन्दौरा अनुसार गत 19 जुलाईको दिन एसआई अमित कुमारलाई सूचना प्राप्त भएको थियो, करोल बागको बिडनपुरा गाउँस्थित एउटा पसलमा चोरेको मोबाइलको डीलिंग भइरहेको छ। पुलिसले घटनास्थलमा छापा मारेर आरोपीलाई समात्यो। जाँचबुझमा आरोपीले बतायो, उ पहिला पनि दश वटा आपराधिक मामिलाहरू जस्तै मोबाइल चोरी, घरमा चोरी, लुटपात जस्ता अपराधहरू सामेल छन्,-मा पक्रा परिसकेको छ।

तिहाड़ जेलमा छँदा उसले अन्य अपराधीहरूसित सम्पर्क बनायो अनि बाहिर आएपछि फेरि यसै अवैध कारबारमा लिप्त रह्यो। जाँचमा अझ बताइएको छ, आरोपी सतेन्द्र प्रताप सिंह उपनाम सुर्जी मूलत: गाउँ गिलोली, जिल्ला लखिमपुर खीरी उप्रको हो। वर्तमानमा उ महरौलीमा बस्दै आएको थियो। आरोपीको पक्राउबाट मोबाइल चोरी एवं तस्करीको एउटा ठूलो नेटवर्कको भण्डाफोर भएको छ। पुलिसले अब यस ग्यांगसित सम्बन्धित अन्य सदस्यहरूलाई चिन्हित गरेर पक्राउ गर्न जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande