बीरभूममा बम विस्फोट गरी तृणमूल नेताको गरियो हत्या
बीरभूममा बम विस्फोट गरी तृणमूल नेताको गरियो हत्या


बीरभूम, 20 जुलाई (हि. स.)। 21 जुलाईमा हुन गइरहेको तृणमूल कंग्रेसको शहीद दिवस ऱ्यालीपूर्व गए शनिवार राति बीरभूम जिल्लाको मल्लारपुर थाना अन्तर्गत बिषियाग्राम गाउँमा एक जना तृणमूल नेताको बम पड़्काएर हत्या गरियो। मृतकको नाम बाइतुल्ला शेख (40) हो। उनी स्थानीय पञ्चायत समितिका पूर्व मत्स्य कार्याध्यक्ष रहिसकेका थिए।

पुलिस औ स्थानीय सूत्र अनुसार बाइतुल्ला शेख क्षेत्रका चर्चित अनुहार थिए। उनकी पत्नी वर्तमानमा पञ्चायत समितिमा मत्स्य कार्याध्यक्ष पदमा छन्। गए शनिवार राति लगभग 8 बजी उनी गाउँकै एउटा चिया पसलमा पार्टी कार्यकर्ता अनि समर्थकहरूसित बातचित गरिरहेका थिए, अचानक केही अज्ञात हमलाकारीहरूले पसललाई घेरेर उनीमाथि तीनवटा बम फाले।

घटनापछि क्षेत्रमा भाग-दौड़ मच्चियो। हमलाकारीहरूले अँध्यारोको फाइदा उठाएर भाग्न सफल भए। गम्भीर रूपमा घाइते बाइतुल्लालाई तत्कालै अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।

घटनाको खबर पाए लगत्तै पुलिसको ठूलो टीम घटनास्थलमा पुगेर सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरी जाँच कार्य शुरू गरेको छ। यस हत्याकाण्डले सम्पूर्ण क्षेत्रमा भयपूर्ण वातावरण सृजना गरिदिएको छ।

उल्लेखनीय छ, मात्र पाँच दिनपूर्व साईथिया थाना क्षेत्रमा अर्का तृणमूल नेता पीयूष घोषको पनि हत्या भएको थियो। पाँच दिनभित्रमा दुईजना नेताहरूको हत्याले जिल्लामा राजनीतिक उथुल-पुथुल मच्चिएको छ।

मयूरेश्वरका विधायक अभिजीत रायले यस घटनाको पछाड़ि वामपन्थी दलका गुण्डाहरूको हात रहेको आरोप लगाएका छन्। उनले दोषीहरूलाई कड़ा सजाय दिने माग गरेका छन्।

पुलिसले मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ। क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ कड़ा गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande