अरूणाचलमा पैह्रो र बाढ़ीले विनाश, अहिलेसम्म 15 को मृत्यु, हजारौं प्रभावित
अरूणाचल


इटानगर, 20 जुलाई (हि.स.)। अरूणाचल प्रदेशमा जूनदेखि जारी मूसलधारे वर्षाले जनजीवन अस्त-व्यस्त गरेको छ। राज्यका धेरै हिस्साहरूमा पैह्रो र अचानक आएको बाढ़ीले भारी नोकसान गरेको छ। अहिलेसम्म कम्तीमा 15 जनाको ज्यान गइसकेको छ। तल्लो सियांग जिल्लामा सड़क सम्पर्क पूर्ण रूपमा काटिएको छ। सिजी, याते र गरू गाउँ नजिक धेरै ठाउँ पैह्रोको घटनाहरू अघि आएको छ। पश्चिम सियांग, लेपराडा, शी-योमी र अपर सुबनसिरी जस्ता जिल्लाहरूको जीवनरेखा मानिने आलो-लिकाबाली सड़क अहिलेपनि बाधित छ।

चीन सीमा नजिक अन्जा जिल्लाको सड़क सम्पर्क पहिले लगभग 20 दिनसम्म पूर्ण रूपमा ठप्प थियो, जसलाई हालमा प्रशासनले बहाल गऱ्यो। कीई पन्योर जिल्लामा भारी ढुंगा झर्दा एक दिनसम्म राजमार्गमा यातायात रोकियो। तल्लो सुबनसिरी जिल्ला मुख्यालय ज़ीरो पानीमा डूब्यो, जसबाट धानको खेती र सम्पत्तिलाई नोकसान भयो।

प्रशासनले मानिसहरूलाई चेताउनी दिएको छ कि पैह्रोको खतरालाई मध्यनजर गरेर राति यात्रा गर्नदेखि जोगियोस्। सरकारी रिपोर्टहरू अनुसार, अहिलेसम्म कम्तीमा 15 जनाको मृत्यु भएको छ र 26 जिल्लामा 36 हजारभन्दा अधिक मानिस प्रभावित भएका छन्। ईस्ट कामेङ र अपर सुबनसिरी सबैभन्दा अधिक प्रभावित जिल्लाहरूमा सामेल छन्। राज्य सरकारले हाई अलर्ट जारी गरेको छ।

मुख्यमन्त्री पेमा खान्डूले मृतकहरूका परिजनहरूप्रति गहिरो समवेदना प्रकट गर्दै सरकारी प्रावधानहरू अनुसार चार-चार लाख रूपियाँको अनुग्रह राशिको घोषणा गरेका छन्। उनले अधिकारीहरूलाई अलर्ट बस्ने र राहत कार्यहरूलाई युद्धस्तरमा जारी राख्ने निर्देश दिए।

राजधानी इटानगरमा नगर निगम (आईएमसी) का मेयर तम्मे फास्सांगले नदीहरू र संवेदनशील क्षेत्रहरू नजिक बस्ने नागरिकहरूसित विशेष सतर्कता अपनाउने अपील गरेका छन्। उनले बताए, इटानगर, नाहरलगुन, निरजुली र बन्दरदेवा सहित सबै 20 वार्डहरूका पार्षदहरूको सहयोगले निगमले मनसूनको सामना गर्न व्यापक तयारीहरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande