चन्दन मिश्रा हत्याकाण्डको मुख्य आरोपी तौसिफ राजा कोलकातामा पक्राउ
मिश्रा


कोलकाता, 20 जुलाई (हि.स.)। पटनाको पारस एमआरआई अस्पतालमा गत बिहिवार चन्दन मिश्रा हत्या मामिलामा बिहार पुलिस र बंगाल एसटीएफको संयुक्त कारबाहीमा मुख्य आरोपी तौसिफ रजा उर्फ बादशाहलाई पक्राउ गरिएको छ।

बिहार पुलिसको सूत्रहरू मुताबिक, बिहार पुलिस र बंगाल एसटीएफको संयुक्त टीमले हिजो अबेर राति तौसिफ रजा उर्फ बादशाहलाई कोलकाताको आनन्दपुरबाट पक्राउ गऱ्यो। यसका साथै एक महिला, सचिन सिंह, यूनुस खान र हरीश सिंहलाई पनि पक्राउ गरिएको छ। यद्यपि, पटनाका वरीय पुलिस अधीक्षक (एसएसपी) कार्तिकेट शर्माले यस्तो कुनैपनि गिरफ्तारीलाई खारेज गरेका छन्।

जानकारी अनुसार, पक्राउ गरिएको समय एक आरोपी घाइते भएको छ। तौसिफलाई गेस्ट हाउसबाट पक्राउ गरियो। जुन कारमा उसलाई भाग्दै गरेको देखियो थियो, उक्त कारलाई पनि जफत गरिएको छ।

यस अगाड़ी शुक्रवार राति कोलकाता नजिक न्यूटाउनको पोश क्षेत्र शापूरजी स्थित एक मल्टीस्टोरिड आवासीय परिसरबाट शूटरहरूलाई ल्याउने र लैजाने छह आरोपीलाई पक्राउ गरिएको थियो।

बिहार पुलिस मोबाइल टावर लोकेशको आधारमा आरोपीहरूको ठेगानासम्म पुगेको थियो। उनीहरू लगभग छह-सात महिनादेखि यस आवासमा बसिरहेका थिए। पेशावर अपराधी शेरू सिंह अहिले बंगालको पुरूलिया जेलमा बन्द छ। शेरू सिंह गिरोहमा चन्दन मिश्राको हत्याको आऱोपी हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande