दिल्ली-एनसीआरको कुख्यात बदमाश संदीप पुलिस भिड़न्तमा घाइते
दिल्ली-एनसीआरको कुख्यात बदमाश संदीप पुलिस भिड़न्तमा घाइते


गाजियाबाद, 20 जुलाई (हि.स.)। थाना मोदीनगर पुलिसले दिल्ली-एनसीआरमा सक्रिय कुख्यात लुटेरा संदीप शनिवार राति मोदीनगर पुलिसको साथ भएको भिड़न्तमा घाइते भयो। पुलिसले उसलाई पक्राउ गरेको छ। दिल्ली र एनसीआरका विभिन्न थानाहरूमा उ विरूद्ध 32 आपराधिक मामिला दर्ता छन्। उदेखि 01 अवैध पेस्तोल, 01 खोखा कारतूस, 01 जिउँदो कारतूस, लूटको घटनासित सम्बन्धित 01 चेन र घटनामा प्रयोग गरिएको 01 मोटरसाइकल जफत गरिएको छ।

एसीपी ज्ञानेन्द्र सिंह रायले बताए, मोदीनगर पुलिसले अपराधहरूमाथि अंकशु लगाउने उद्देश्यले शनिवार राति चेकिङ गरिरहेको थियो। सोही अवधि बुदानातिरबाट आइऱहेको एक मोटरसाइलमा सवार दुई संदिग्ध व्यक्ति देखिए। पुलिसले उनीहरूलाई रोक्ने इशारा गऱ्यो तर मोटरसाइकल सवार दुवै व्यक्ति नरोकी मोटसाइकललाई दाहिनेपट्टी खाली मैदानतिर भगाउनथाले। तर पुलिसले उनीहरूलाई पछ्याउँदा र भाग्ने हतारमा मोटरसाइल चिप्लेर रोडमा लड्यो। भिड़न्तमा बदमाशको खुट्टामा गोली लाग्यो। तथा दोस्रो अभियुक्त अन्धकारको फायदा उठाएर जंगलतिर भाग्यो। घाइते बदमाश संदीप निवासी सीमापुरी दिल्लीलाई पक्राउ गरियो। उसले भाग्ने साथीको नाम श्रीराम निवासी मन्डोली दिल्ली बतायो। घाइते बदमाशलाई उपचारको निम्ति अस्पताल पठाइएको छ।

घाइते बदमाशले आफ्नो साथीको साथ मिलेर 03 जुलाईमा मोदीनगर स्टील फ्याक्ट्रीको गेटबाट ईरिक्शा सवार महिलाको गलाबाट एक चेन लुछेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande