जिल्ला कानुनी सेवा प्राधिकरणद्वारा कानुनी सचेतना कार्यक्रम सम्पन्न
जिल्ला कानुनी सेवा प्राधिकरणद्वारा कानुनी सचेतना कार्यक्रम सम्पन्न


खरसाङ, 20 जुलाई (हि.स.)। जिल्ला कानुनी सेवा प्राधिकरणको आयोजना साथै गाड़ीधुरा पुलिस आउट पोस्टको सहयोगमा आइतवार खरसाङ खण्ड अन्तर्गत गाडीधुरामा कानुनी सचेतना कार्यक्रम सम्पन्न गरियो।

खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतको गाडीधुरामा आयोजित यस सचेतना कार्यक्रममा डाल्साका अधिवक्ता जयन्ति देवानले घरेलु हिँसा, पोक्सो एक्ट, बाल विवाहमाथि कानुनी जानकारीहरु दिइन् भने प्यारा लीगल वलन्टियर रिना राया, पूर्णकला थापा, निमा ल्हमु लामा, सबिना प्रधान अनि पूजा थापाले उपस्थित जनमानसलाई प्यारा लीगल वलन्टियरको भूमिका, डाल्साको महत्व साथै अन्य कानुनी सहुलियतहरुबारे जानकारी गराए।

यस कार्यक्रममा गाड़ीधुरा पुलिस आउट पोस्टका प्रभारी मानभ रोयले पनि आफ्नो विशेष उपस्थिति दिॅंदै सम्बोधन राखेका थिए। कार्यक्रममा विभिन्न संघ संस्था, बमन पोखरी एकता समाज, मेरियनबारी रिक्रिएसन क्लब, नवदीप परिवार गाडीधुरा, लोवर अमृत बस्ती ग्राम सहयोग संस्था, नव प्रगति युवा संघ, विश्वकर्म समाज गाडीधुरा, दमाई समाजका अध्यक्ष अनि सचिव साथै सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो।

यस कानुनी सचेतना कार्यक्रमले क्षेत्रवासीलाई धेरै सहयोग पुगेको र आगामी दिनमा पनि अझै वृहत सचेतना कार्यक्रम गरिनु पर्ने निवेदन गाउँवासीले गरेको जानकारी प्राप्त भएको छ।‌

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande