नयॉं दिल्ली, 20 जुलाई (हि.स.)। संसारकै सबैभन्दा धेरै उमेरका एथलीट फौजा सिंहको अन्तिम संस्कार आइतवार दिउॅंसो 12 बजी जालन्धनस्थित उनको पैतृक गाउॅं ब्यास पिण्डको श्मशान घाटमा गरिने छ। क्यानडा र इंग्ल्याण्डबाट उनका सबै आफन्तहरू जालन्धन पुगिसकेका छन्।
पठानकोट-जालन्धन नेशनल हाईवे छेउस्थित गाउॅं ब्यास पिण्डमा 14 जुलाईमा फौजा सिंहलाई द्रुत गतिको फर्च्यूनर कारले हिर्काएको थियो, जसमा 114 वर्षीय वयोवृद्ध एथलीटको मृत्यु भयो। यस मामिलामा पुलिसले एनआरआई अमृतपाललाई पक्राउ गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी