पश्चिम बर्दवान, 20 जुलाई (हि. स.)। पश्चिम बंगालको आसनसोल नजिक मरिचकोटा क्षेत्रमा आइतवार बिहान राष्ट्रिय राजार्ग-19 को बीच-बीचमा खाल्डोहरू देखिएपछि क्षेत्रमा खैलाबैला मच्चियो। स्थानीय मानिसहरूको सूचनामा पुलिस तथा नेशनल हाइवे अथोरिटी अफ इण्डियाका अधिकारीहरू घटनास्थलमा पुगेर घटनास्थललाई घेराबन्दी गरे।
घटनाको कारणले केही समयसम्म यातायात पूर्ण रूपले ठप्प भएको थियो जसलाई पुलिसले बिस्तारै सामान्य बनायो। अनुमान लगाइँदैछ, निरन्तर परिरहेको पानी एवं खनन गतिविधिहरूको कारणले बाटो धसिएको हो। तथापि यसको स्पष्ट कारण अहिले बताइएको छैन।
स्थानीय मानिसहरूको भनाइ छ, सड़कमा यसरी खाल्डो पर्नाले कुनै पनि समय ठूलो दुर्घटना हुनसक्छ। हाल सड़कको धसिएको भागलाई घेराबन्दी गरिएको छ जसले गर्दा एउटै लेनबाट वाहनहरूलाई आवागमन गराइँदैछ।
राष्ट्रिय राजमार्ग प्राधिकरणद्वारा बताइएको छ, धसिएको भागको मरम्मत कार्य चाँड़ै शुरू गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा