एम. फिलमा प्रवेशको अवसर, आईपी यूनिवर्सिटीमा 24 जुलाईसम्म आवेदन गर्न सकिने
एम. फिलमा प्रवेशको अवसर, आईपी यूनिवर्सिटीमा 24 जुलाईसम्म आवेदन गर्न सकिने


नयाँ दिल्ली, 20 जुलाई (हि.स.)। गुरू गोबिन्द सिंह इन्द्रप्रस्थ यूनिवर्सिटीले शैक्षणिक सत्र 2025-26 को निम्ति आफ्नो प्रतिष्ठित एम. फिल प्रोग्राममा प्रवेशको निम्ति आवेदनको अन्तिम तारिक 24 जुलाई निर्धारित गरेको छ। इच्छुक अभ्यर्थीले यूनिवर्सिटीको वेबसाइट्स- www.ipu.ac.in र www.ipu.admissions.nic.in – मा गएर अनलाइन आवेदन गर्नसक्छन्।

आईपी यूनिवर्सिटीकी जनसम्पर्क अधिकारी नलिनी रन्जनले आइतवार बताइन्, यो एम फिल प्रोग्राम दुई विशिष्ट विषयहरूमा उपलब्ध छ- साइकिएट्रिक सोशल वर्क र रिहेबिलिटेशन साइकोलोजी।

प्रत्येक विषयमा आठ-आठ सीट उपलब्ध छन्। साइकिएट्रिक सोशल वर्कको कार्यक्रम राममनोहर लोहिया हस्पिटल, नयाँ दिल्लीमा संचालित हुनेछ जबकि रिहेबिलिटेशन साइकोलोजीको प्रोग्राम नेशनल इन्स्टिट्यूट फर एम्पावरमेन्ट अफ पर्सन्स विथ इन्टेलेक्चुअल डिसेबिलिटीज़को दिल्लीस्थित रीजनल सेन्टरमा चलाइनेछ। दुवै कार्यक्रमको अवधि दुई वर्षको छ र 10 अगस्तमा यूनिवर्सिटीद्वारा आयोजित हुने प्रवेश परीक्षाको आधारमा प्रवेश पाइनेछ।

उनले भनिन्, मानसिक स्वास्थ्य, पुनर्वास र सामाजिक सेवाको क्षेत्रमा करियर बनाउने इच्छुक अभ्यर्थीहरूका लागि यो एक शानदार अवसर हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande