जिरीबाम, 20 जुलाई (हि.स.)। मणिपुरको जिरीबाम जिल्लामा सुरक्षाबलहरूद्वारा चलाइएको संयुक्त नदी गश्ती अभियानमा लगभग 76 करोड़ रूपियाँ मूल्यको हेरोइन र मेथको ट्याब्लेट जफत गरिएको छ। अभियानमा एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ।
अभियानसित जोड़िएका अधिकारीहरू अनुसार, असम राइफल्स, मणिपुर पुलिस र केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) को संयुक्त टीमले चौधरीखाल र सावोमफाईबीच बगने बाराक नदीमा पेट्रोलिङ शुरू गऱ्यो। गश्तीमा एक संदिग्ध डुंगालाई नदीबाट गुज्रेको देखियो। जवानहरूले रोक्दापनि नाविकले भाग्ने प्रयास गऱ्यो तर डुंगालाई पछ्याएर रोकियो। डुंगाको तलाशी लिँदा 616 साबुनदानी जफत गरियो, जसमा हेरोइन राखिएको थियो। पुलिसले डुंगाबाट हेरोइनका साथै 50 हजार मेथको ट्याब्लेट पनि जफत गरेको छ।
पुलिसले अभियानमा एक व्यक्तिलाई पनि पक्राउ गरेको छ, जसको पहिचान असमको सिलचर निवासीको रूपमा गरिएको छ।
अधिकारीहरू अनुसार, जफत गरिएको मादक पदार्थको अन्तरराष्ट्रिय बजारमा मूल्य लगभग 76 करोड़ मापिएको छ। आशंका छ, यो ड्रग्स अन्तरराष्ट्रिय सीमा पारीबाट ल्याएर मणिपुरको नदीहरूको माध्यमले तस्करी गरिँदैथियो। हालका महिनामा यो उत्तर-पूर्व भारतमा मादक पदार्थहरूको सबैभन्दा ठूलो खेपमध्ये एक मानिन्दैछ।
वस्तुतः यो क्षेत्र मणिपुर र फेजरवाल जिल्लाहरूको सीमामा स्थित छ र मादक पदार्थहरूको तस्करीको निम्ति कुख्यात छ।
हिन्दुस्थान समाचार / भवानी थामी