संसदको मनसुन अधिवेशनअघि आज सर्वदलीय बैठक, 21 जुलाईदेखि 21 अगस्तसम्म अधिवेशन, कुल 21 बैठक हुने
parliament


नयॉं दिल्ली, 20 जुलाई (हि.स.)। संसदको मनसुन अधिवेशन सोमवारबाट शुरु हुँदैछ, त्यसअघि सरकारले आइतवार सर्वदलीय बैठक बोलाएको छ। 21 जुलाईदेखि शुरु हुने संसदको मनसुन अधिवेशन 21 अगस्तसम्म जारी रहनेछ। सत्र अवधिभर दुवै सदनका जम्मा 21 वटा बैठक हुनेछन्। यस अवधिमा सरकारले कुल 8 वटा नयाँ विधेयकहरू पेश गर्ने योजना बनाएको छ।

संसदको मनसुन अधिवेशनअघि सरकारले आज सर्वदलीय बैठक बोलाएको छ। बैठक संसद भवन एनेक्सीको मुख्य समिति कोठामा बिहान 11 बजी बस्नेछ। जसमा सरकारले संसदका दुवै सदनको सुचारु सञ्चालनका लागि सबै राजनीतिक दलहरूको सहयोग माग्नेछ।

केन्द्रिय संसदीय मामिला मन्त्री किरेन रिजिजुले सर्वदलीय बैठकको अध्यक्षता गर्नेछन्। सरकारको तर्फबाट रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह र अन्य वरिष्ठ मन्त्रीहरू बैठकमा उपस्थित हुनेछन्। साथै, विभिन्न विपक्षी दलहरू र एनडीए सहयोगीहरूका नेताहरू पनि सहभागी हुनेछन्।

पहलगाम आतंकवादी हमला र अपरेशन सिन्दूरपछि हुन लागेको संसदको यो सत्रमा निकै हंगामा हुने अपेक्षा गरिएको छ। विपक्षी गठबन्धनले सरकारलाई घेर्ने तयारी गरिरहेको छ भने सत्तारुढ दल पनि हरेक तीखो प्रश्नको जवाफ दिन तयार छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande