श्रीभूमि (असम), 20 जुलाई (हि.स.)। तृणमूल कंग्रेसकी सांसद सुष्मिता देवले असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई खुल्ला राजनीतिक चुनौती दिएकी छन्। उनले राज्यको भारतीय जनता पार्टी (भाजपा) सरकारमाथि अवैध विदेशीहरूलाई चिन्हित गर्न विफल भएको आरोप पनि लगाएकी छन्।
तृणमूल कंग्रेसकी सांसद सुष्मिताले भनिन्, यदि मुख्यमन्त्री सरमाले आफूलाई असली असमिया ठान्छन् भने आगामी वर्ष 2026-को विधानसभा चुनाउमा माथिल्लो असमको कुनै जिल्ला जस्तै डिब्रुगढ़, जोरबाट वा तिनसुकियाबाट चुनाउ लड़ुन्, आफ्नो पारम्परिक गढ़ जालुकबाड़ीबाट होइन।
श्री भूमि जिल्ला आयुक्त कार्यालय परिसरमा पत्रकारहरूसित बातचित गर्दै देवले भनिन्, यदि उनले यी सीटहरूबाट चुनाउ जिते भने हामी मान्नेछौं कि उनी वास्तवमै असमिया हुन्।
सुष्मिता देवले राज्यको भाजपा सरकारमाथि यो पनि आरोपलगाइन्, पछिल्लो दश वर्षदेखिको सत्तामा भए पनि अवैध विदेशीहरूको पहिचान गर्नमा विफल हुँदै आइरहेको छ। अब चुनाउ आउन मात्र छः महिना बचेको समयमा मुख्यमन्त्रीले यो मुद्दा सम्झिरहेका छन्। यसबाट उनलाई हारको डरले सताइरहेको पुष्टि हुन्छ।
सुष्मिता देवको उक्त बयान यस्तो समयमा आएको छ जतिबेला पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले पनि असममा भाजपामाथि भाषाको आधारमा भेदभाव गरेकोआरोप लगाएकी छन्। ममताले हालैमा भनेकी थिइन्, मातृभाषालाई सम्मान दिनेहरूलाई प्रताड़ित गर्नु संविधानको मूल्यविरूद्ध छ र यसले सामाजिक सौहार्दलाई चोट पुऱ्याउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा