पश्चिम मेदिनीपुर, 20 जुलाई (हि. स.)। पश्चिम बंगालको घाटाल ब्लक अधिनस्थ खड़ार नगरपालिकाका चेयरम्यान विरूद्ध भाइ-भतिजावाद तथा भ्रष्टाचारको आरोप लगाउँदै माकपा र भाजपाले मोर्चा खोलेको छ। नगरपालिका क्षेत्रमा माकपाद्वारा पोस्टरिंग गरिएको छ भने घाटालका भाजपा विधायक शितल कपाटले सोशल मीडियामा चेयरम्यानविरूद्ध केही गम्भीर आरोपहरू लगाएका छन्।
माकपाद्वारा नगरपालिका क्षेत्रमा टाँसिएका पोस्टरहरूमा लेखिएको छ, सरकारी नियमहरूको उल्लंघन गरी चेयरम्यानले आफ्नो छोरालाई नगरपालिकामा कसरी नियुक्त गरे? जवाफ देऊ! यसरी नै अर्को पोस्टरमा प्रश्न उठान गरिएको छ, खड़ार नगरपालिकाका ड्राइभर देवाशिष पाललाई निलम्बन गरी चेयरम्यानले निकटवर्ती आफन्तलाई अवैध रूपमा नियुक्त गरे, यसको जवाफ देऊ!
माकपा नेता देबब्रत रायले यस सम्पूर्ण मामिलामा प्रतिक्रिया व्यक्त गर्दै भने, खड़ार नगरपालिकाको इतिहासमा पहिलो पटक यसप्रकारको अऩियमितता सामु आएको छ। चेयरम्यानले आफ्नो छोरा र सालोको ज्वाईँलाई अवैध रूपमा नियुक्त गरे। हामीले यसको विरोधमा पोस्टर अभियान संचालन गरिरहेका छौं।
भाजपा विधायक शितल कपाटले पनि चेयरम्यानविरूद्ध भ्रष्टाचार अनि भाइ-भतिजावादको आरोप लगाउँदै आफ्नो फेसबुक पेजमा केही पोस्ट साझा गरेका छन्।
उपरोक्त आरोपहरूलाई लिएर चेयरम्यान सन्यासी दोलुईले स्पष्टिकरण दिँदै भने, नियुक्त गरिएकाहरूलाई रद्द गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा