अप्पर तादोङ निर्वाचन क्षेत्र जारी श्रमदानमा मन्त्री ढुङ्गेलको सहभागिता
अप्पर तादोङ निर्वाचन क्षेत्र जारी श्रमदानमा मन्त्री ढुङ्गेलको सहभागिता


गान्तोक, 20 जुलाई (हि.स.)। अप्पर तादोङ निर्वाचन क्षेत्र अन्तर्गत पानी हाउसदेखि मे फेयरसम्म राष्ट्रिय राजमार्गका छेउछाउ फूल फूल्ने विरुवाहरू लगाउने श्रमदान आज पॉंचौं दिन प्रवेश गऱ्यो। आज क्षेत्र विधायक तथा मन्त्री जीटी ढुङ्गेल पनि सक्रिय रूपमा श्रमदानमा सहभागी बने। मन्त्रीसॅंगै मुख्यमन्त्रीका ओएसडी कर्म सुब्बा, एपीएस छिरिङ वाङचुक लेप्चा, पार्षदगण लगायत एसकेएम नेतृत्वगण र सक्रिय कार्यकर्ताहरू पनि सहभागी बने।

एसकेएम प्रचार प्रसार अध्यक्ष रञ्जना प्रधानद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, यो पहलले मुख्यमन्त्री प्रेमसिंह तामाङको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ, जसले स्वच्छ, हरित सिक्किमको लागि वृक्षारोपण प्रयासहरू मार्फत प्रकृतिसँग जोडिने महत्त्वलाई जोड दिॅंदछ। मन्त्री ढुङ्गेलको नेतृत्वमा यो अभियानको उद्देश्य पर्यावरणलाई बढाउनु मात्र नभई हाम्रो राज्यको प्राकृतिक सौन्दर्यप्रति गहिरो समझ जगाउनु पनि हो।

आज श्रमदानमा सबै वार्डबाट समाजका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। यसैगरी, छिमेकी निर्वाचन क्षेत्रबाट पनि श्रमदानमा सहभागिता देखियो। एकता र साझा उद्देश्यको यो भावना पर्यावरणको लागि सँगै काम गर्ने हाम्रो प्रतिबद्धताको साँचो उदाहरण हो भनी विज्ञप्तिमा बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande