समाजमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरू सम्मानित
समाजमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरू सम्मानित


गान्तोक, 20 जुलाई (हि.स.)। अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघद्वारा राङगाङ-याङगाङ क्षेत्रस्तरीय समन्वय बैठक कोल्थाङ, लिङ्मूस्थित प्रेक्षागृहमा सम्पन्न गरियो। बैठकको अध्यक्षता संघका अध्यक्ष नरायण खतिवडाले गरेका थिए।

कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव बिकास बस्नेत, सीईसी उपाध्यक्ष आरके बस्नेत, दक्षिण जिल्लाका अतिरिक्त राजनीतिक सचिव विष्णु शर्मा, मुद्रण तथा स्टेशनरीका सचिव एबी कार्की, राज्य महासचिव दिवाकर बस्नेत, कार्यसमिति सदस्य तथा स्रोतवक्ता प्रा. टीबी छेत्री आदि उपस्थित थिए।

कार्यक्रममा समाजमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरू नरायण खतिवडा, आरके बस्नेत, बिकास बस्नेत, विष्णु शर्मा र एसएस तिम्सिनालाई संघद्वारा सम्मानित गरियो।

अध्यक्ष नरायण खतिवडाले खास समुदायबीच एकता कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले सरकार प्रमुख पीएस गोलेको नेतृत्वमा खस समुदायका मागहरू पूरा गर्दै खस भवनको स्वीकृति, खस प्रतिनिधिहरूको उच्च पदमा नियुक्तिको लागि कृतज्ञता व्यक्त गरे। उनले राङगाङ-याङगाङ खस टिमको यस प्रकारको सफल कार्यक्रम आयोजनको प्रशंसा गरे।

स्रोतवक्ता प्रा. टीबी छेत्रीले खास समुदायको पहिचान, संस्कार र परम्परागत मूल्यहरूबारे संक्षिप्तमा प्रकाश पारे। महासचिव दिवाकर बस्नेतले संघले समुदायको उत्थानका लागि गरिरहेका क्रियाकलापहरूको बारेमा जानकारी गराए।

यस अवसरमा संघका अध्यक्षले राङगाङ याङगाङका सबै कार्यकारिणी सदस्यहरूलाई नियुक्ति पत्र प्रदान गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande