
माजुली (असम), 02 जून (हि.स.)। माजुलीमा एकजना नाबालिकासित बलात्कार गरेको आरोपमा पुलिसले 6 जना मानिसहरूलाई पक्राउ गरेको छ।
पुलिस सूत्र अनुसार आरोपीहरूले घरमा मानिसहरू नभएको मौकाको फाइदा उठाएर बलात्कारको घटनालाई परिणाम दिए। यति मात्र नभएर सिकायतमा यो पनि उल्लेख गरिएको छ, पीड़ितालाई घटना बारे कसैलाई पनि नबताउने धम्की दिइयो साथै चेताउनी पनि दिइयो कि उसको ज्यान जानसक्छ।
पीड़िताको सिकायतको आधारमा पुलिसले जाँच शुरू गऱ्यो जसान्तर्गत 6 जना आरोपीहरूलाई पक्राउ गरिएको छ। यसबीच पुलिसले घटनासित सम्बन्धित विभिन्न पाटो र पक्षको पनि जाँच गरिरहेको छ।
यस घटनालाई लिएर व्यापक प्रतिक्रिया व्यक्त गर्दै क्षेत्रका मानिसहरूले अपराधीहरूलाई कड़ा सजाय दिने माग गरिरहेका छन्। पुलिसले कानून अनुरूप अग्रिम कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा