
गुवाहाटी, 02 जून (हि.स.)। गुवाहाटीमा सञ्चालित मादक पदार्थ विरोधी अभियान अन्तर्गत बशिष्ठ पुलिसले व्यापक कारबाही गर्दै चार जना कुख्यात ड्रग्स तस्करहरूलाई पक्राउ गर्नको साथै ड्रग्सको कुलतमा फसेका एघार जना युवकहरूलाई हिरासतमा लिएको छ।
पुलिस द्वारा मङ्गलवार दिइएको जानकारी मुताविक गुप्त सूचनाको आधारमा गरिएको यस कारबाहीमा मादक पदार्थको ओसार-पोसार तथा सेवनमा संलिप्त मानिसहरूविरूद्ध कारबाही गरियो। पक्रा पर्ने तस्करहरूसित गरिएको जाँचबुझको आधारमा ़ड्रग्सको नेटवर्कसित जोड़िएका अन्य मानिसहरूलाई चिन्हित गर्ने प्रयास गरिँदैछ।
पुलिस अधिकारीहरूले चिन्ता व्यक्त गर्दै भने, गुवाहाटीमा रोजगार तथा शिक्षा प्राप्त गर्नको लागि आउने केही प्रतिष्ठित एवं सम्पन्न परिवारका युवकहरू समेत नशाको कुलतमा फसिरहेका छन्। यसबाट समाज अनि युवाहरूको भविष्यमाथि गम्भीर प्रभाव परिरहेको छ।
कारबाही गर्ने क्रममा भेटिएको हेरोइन र अन्य वस्तुहरूलाई जफत गरिएको छ। मामिलाको अग्रिम जाँच भइरहेको छ भने पुलिसले मादक पदार्थको व्यापार विरोधी अभियानलाई तीव्रता दिने कुरा गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा