3 सय जना ठेकादारहरूद्वारा बाँकी भुक्तानको नाममा विरोध प्रदर्शन
3 सय जना ठेकादारहरूद्वारा बाँकी भुक्तानको नाममा विरोध प्रदर्शन


पश्चिम बर्दवान, 02 जून (हि.स.)। आसनसोल नगरनिगमका 106 वटा वार्डहरूमा विभिन्न विकास एवं निर्माण परियोजनाहरूको कार्य गर्ने लगभग तीन सय जना ठेकादारहरूको एक प्रतिनिधिमण्डलले मङ्गलवार नगरनिगम मुख्यालयमा मेयर विधान उपाध्यायसित भेट गरी वर्षौंदेखि थाँतीमा रहेको बाँकी भुक्तानको माग उठायो। ठेकादारहरूले भने, पछिल्लो केही वर्षदेखि गरिएका कार्यहरूको भुक्तान अहिलेसम्म नपाएको कारणले उनीहरूलाई आर्थिक कठिनाईहरूको सामना गर्न परिरहेको छ।

प्रतिनिधिमण्डलमा सामेल तरित रायले बताए, पछिल्लो पाँच वर्षको अवधिमा आसनसोल नगरनिगमले क्षेत्रका विभिन्न वार्डहरूका सड़क, नाली तथा अन्य विकास कार्यहरू सहित केही परियोजनाहरूको निर्माण गराएको थियो। यी कार्यहरूमा लगभग 300 जनाभन्दा अधिक ठेकादारहरू जोड़िएका थिए। तर अहिलेसम्म उनीहरूको बाँकी भुक्तान गरिएको छैन। यस सम्बन्धमा मेयरसित बातचित गरियो जसमाथि मेयरले बताए, सम्बन्धित परियोजनाहरूको फण्ड उपलब्ध भइसकेको छ, तर मन्त्रीमण्डल गठनको प्रक्रिया भइरहेकोले भुक्तानमा विलम्ब भएको हो। उनले आश्वासन दिए, चाँड़ै नै सबै ठेकादारहरूको बाँकी बिलहरूको भुक्तान गरिनेछ।

यस मुद्दामा आसनसोल उत्तरका विधायक कृष्णेन्दु मुखर्जीका प्रवक्ता दुर्गेश नागीले भने, नगरनिगमका विभिन्न वार्डहरूमा विकास कार्य गर्ने ठेकादारहरू पछिल्लो समयदेखिकै आफ्नो भुक्तानको प्रतीक्षामा छन्। यस सम्बन्धमा विधायकले जानकारी पाउनसाथ उनले ठेकादारहरूलाई हरसम्भव सहयोग गर्ने भरोसा दिएका छन्। उनले भने, ठेकादारहरूको समस्या समाधान गर्नको लागि आवश्यक स्तरमा पहल गरिनेछ।

दुर्गेश नागीले नगरनिगमको वर्तमान बोर्डको कार्यप्रणालीमाथि पनि प्रश्न उठाउँदै भने, पछिल्लो बोर्ड 106 वटा वार्डहरूलाई सुचारू रूपमा सञ्चालन गर्नको लागि विफल रहेको छ। उनले आरोप लगाए, केही पार्षदहरूले जनताको विश्वास गुमाइसकेका छन्, त्यसैले उनीहरूले आफ्नो पदबाट राजीनामा दिनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande