नदियामा 173 जना पुरूषहरूलाई लक्ष्मी भण्डार योजनाको लाभ लिरहेको पाइयो, जाँचको गति बढ़्यो
नदियामा 173 जना पुरूषहरूलाई लक्ष्मी भण्डार योजनाको लाभ लिरहेको पाइयो, जाँचको गति बढ़्यो


नदिया, 02 जून (हि.स.)। पश्चिम बङ्गालका महिलाहरूको लागिग शुरू गरिएको लक्ष्मी भण्डार योजनामा अनियमितता भएको मामिला प्रकाशमा आएको छ। नदिया जिल्लाको कृष्णानगर-2 ब्लकमा 173 जना यस्ता लाभार्थीहरूलाई चिन्हित गरियो जसले पुरूष हुँदाहुँदै पनि यस योजननाको लाभ लिरहेका थिए।

जिल्ला प्रशासन अनुसार लाभार्थीहरूको सूची जाँच गर्दा यो गड़बड़ीको खुलासा भएको हो। भनिन्छ, फरवरी, 2026-देखि यी मानिसहरूको नामलाई योजनाको सूचीमा सामेल गरिएको थियो जसले नियमित रूपमा आर्थिक सहायता प्राप्त गरिरहेका थिए। अन्नपूर्णा योजनाको लागि लाभार्थीहरूको सत्यापन गर्नेे क्रममा यो मामिलाको खुलासा भएको हो।

प्रशासनले 173 जना संदिग्ध लाभार्थीहरूलाई चिन्हित गरेको छ। यिनीहरूको नाम योजनाको सूचीबाट हटाउनको लागि कृष्णनगर-2 ब्लकका बीडीओले जिल्लाधिकारीलाई लिखित अनुरोध पठाएका छन्।

यस मामिलामा सरकारी स्तरमा कथित अनियमितता गरिएको आरोपमा बीडीओ कार्यालयका कर्मचारी भोला शीललाई कारण बताऊ नोटिस जारी गरिएको छ भने अर्कोतिर यस घटनालाई लिएर राजनीतिक विवाद पनि शुरू भएको छ।

आरोपी कर्मचारीकी आमााको भनाइ छ, उनको छोरा तृणमूलसित जोड़िएको कारणले उनलाई राजनीतिक प्रतिशोधको शिकार बनाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande