
इम्फाल, 02 जून (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले गए सोमवार अलग-अलग अभियानहरूमा चार जना मानिसहरूलाई पक्राउ गरे। यसमा प्रतिबन्धित उग्रवादी सङ्गठन आरपीएफ/पीएलएका दुई जना सक्रिय क्याडर तथा मादक पदार्थ तस्करीका दुई जना आरोपीहरू सामेल छन्।
मङ्गलवार राज्य पुुलिस मुख्यालयद्वारा जारी आधिकारिक जानकारी अनुसार सुरक्षा बलहरूले इम्फाल पूर्व जिल्लामा परिचालित अभियानमा आरपीएफ/पीएलएका दुई जना सक्रिय क्याडरहरूलाई पक्राउ गरे जसको पहिचान खुरई निङ्गथौबुङ्ग लैकाई निवासी मैबाम अरुण सिंह उपनाम उरु (49) तथा पौराबी आवाङ्ग लैकाई निवासी थाङगजाम सुरङ्कुमार सिंह उपनाम अचौबा उपनाम राजेश (30)-को रूपमा भएको छ। अरुण सिंहलाई पोरोमपट थाना क्षेत्रको टप आवाङ्ग लैकाईस्थित सामुदायिक भवनको छेउबाट अनि सुरङ्कुमार सिंहलाई टप माखा लैकाईबाट पक्राउ गरिएको हो। प्रारम्भिक जाँचमा दुवै नै धन उपार्जन तथा अन्य अवैध गतिविधिहरूमा संलिप्त रहेको खुलासा भएको छ। सुरक्षा एजेन्सीले उनीहरूको नेटवर्क तता गतिविधिहरूको विस्तृत जाँच गरिरहेको छ।
यसरी नै अर्को अभियानमा सुरक्षा बलहरूले कोइरेङ्गीस्थित सीएमसी अस्पतालको छेउबाट दुई जना मानिसहरूलाई पक्राउ गरी उनीहरूको कब्जाबाट भारी मात्रामा संदिग्ध ब्राउन शुगर जफत गरेे। पक्रा पर्ने आरोपीहरूको पहिचान काङ्गलाटोङ्गबी हाटिक खुवा निवासी पूर्ण बहादुर कार्के (40) र काङ्गलाटोङ्गबी शान्तिपुर निवासी लविङ्गसन (37)- को रूपमा भएको छ। पूर्ण बहादुर कार्के काङ्गपोकपी जिल्लामा ग्राम रक्षा बल (भीडीएफ)- को सदस्यको रूपमा कार्यरत थिए।
अभियान अवधि सुरक्षा बलहरूले आरोपीहरूबाट लगभग 1.425 किलोग्राम संदिग्ध ब्राउन शुगर (थैलासितै) तथा एउटा होण्डा एक्टिभा स्कुटी जफत गरे। जफत गरिएका सामग्रीहरूलाई कब्जामा लिएर अग्रिम काननी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा