गुवाहाटीमा सन्त्राष व्याप्त, एउटै विद्यालयका चार जना छात्राहरू बेपत्ता
गुवाहाटीमा सन्त्राष व्याप्त, एउटै विद्यालयका चार जना छात्राहरू बेपत्ता


गुवाहाटी, 02 जून (हि.स.)। गुवाहाटीको बशिष्ठ क्षेत्रमा एउटै विद्यालयका चार जना छात्राहरू रहस्यमय ढङ्गमा बेपत्ता भएको घटनाले सम्पूर्ण क्षेत्रको माहोल सन्त्राषपूूर्ण भएको छ। छात्राहरूका परिवारहरू सहित स्थानीय मानिसहरू यस घटनाका कारण गहिरो चिन्तामा डुबेका छन्।

बेपत्ता छात्राहरूको पहिचान क्रमैले दैमारी, बरुवा, सिंह र राय उपाधिधारीको रूपमा भएको छ। चारै जना छात्राहरू बेलतला माझीपारा मिडिल इङ्ग्लिश स्कूलका छात्राहरू हुन् भने बशिष्ठको बेहारबाड़ी क्षेत्रका निवासी रहेको बताइएको छ।

परिवारजन अनुसार छात्रा गए सोमवार बिहान विद्यालय जानका लागि घरबाट हिँड़ेका थिए, तर उनीहरू स्कूल पुगेनन्।त्यसपछिदेखि नै बेपत्ता भए। चारैतिर खोजतलास गर्दा पनि कुनै सुइँंकोसम्म पाइएको छैन।

घटनापछि पीड़ित परिवारहरू चिन्तित भएका छन्। मामिलाको जानकारी पुलिसलाई दिइएको छ भने छात्राहरूलाई खोज्ने प्रयास जारी छ। पुलिसले विभिन्न कोणबाट मामिलाको जाँच गरिरहेको छ। साथै बेपत्ता छात्राहरूको बारेमा जानकारी जुटाउन लागिपरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande