हुगलीमा तृणमूल नेताहरूमाथि तीव्र गतिमा कारबाही भइरहेको छ, अवैध असुलीको आरोपमा पञ्चायत समितिका कर्माध्यक्ष सहित तीन जना पक्राउ
हुगलीमा तृणमूल नेताहरूमाथि तीव्र गतिमा कारबाही भइरहेको छ, अवैध असुलीको आरोपमा पञ्चायत समितिका कर्माध्यक्ष सहित तीन जना पक्राउ


हुगली, 02 जून (हि.स.)। हुगली जिल्लामा तृणमूल नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गर्ने सिलसिला लगातार जारी छ। यसै क्रममा अवैध असुलीको आरोपमा उत्तरपाड़ाको श्रीरामपुर पञ्चायत समितिका कर्माध्यक्ष कौशिक दासलाई पक्राउ गरिएको छ। यस अतिरिक्त अनिरुद्ध बाग र बलबीर सिंह नामक दुई जना तृणमूल कार्यकर्ताहरूलाई पनि पुलिसले हिरासतमा लिएको छ।

आरोप अनुसार कानाइपुरका एकजना व्यक्तिलाई डर देखाएर उबाट बलजफ्ती असुली गरिेको थियो। सिकायतको आधारमा पुलिसले जाँच शुरू गऱ्यो भने जाँचकै क्रममा गए सोमवार राती कानाइपुर क्षेत्रमा अभियान सञ्चालन गरी कौशिक दास, बलबीर सिंह र अनिरूद्ध बागलाई पक्राउ गरिो।

पुलिसले बतायो, तीनै आरोपीहरूलाई मङ्गलवार श्रीरामपुर अदालतमा पेश गरिँदैछ। मामिलाको जाँच भइरहेको छ। आरोपहरूको सत्यता पत्तो लगाइँदैछ।

राज्यमा अहिलेघरि भ्रष्टाचार, कटमनी तथा मोलतोल जस्ता आरोपहरूलाई लिएर तृणमूल नेताहरूविरूद्ध लगातार कारबाही भइरहेको छ। पुलिसको भनाइ छ, सबै मामिलालो निष्पक्ष जाँच गरिँदैछ। दोषी पाइए सम्बन्धित व्यक्तिहरूविरूद्ध कानून अनुरूप कड़ा कदम उठाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande