मन्त्री इन्द्राज र सिरसाले मुङ्गेशपुर गाउँमा प्रदूषण सम्बन्धि समस्याहरूको निरीक्षण गरे
मन्त्री इन्द्राज र सिरसाले मुङ्गेशपुर गाउँमा प्रदूषण सम्बन्धि समस्याहरूको निरीक्षण गरे


नयाँ दिल्ली, 02 जून (हि.स.)। दिल्लीका समाज कल्याण मन्त्री रविन्द्र इन्द्राज सिंह औ पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले मुङ्गेशपुर गाउँको भ्रमण गरी हरियाणा सीमा संलग्न औद्योगिक क्षेत्रको कारणले उत्पन्न गम्भीर प्रदूषण सम्बन्धि समस्याहरूको निरीक्षण गरे। यस अवधि स्थानीय नागरिकहरूले क्षेत्रमा बढ़्दो वायु प्रदूषण, खराब वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) तथा त्यसका जनस्वास्थ्यमा परिरहेको प्रभावहरू बारे मन्त्रीहरूलाई अवगत गराए। नागरिकहरूद्वारा उठाआइएका चिन्ताहरूलाई गम्भीर रूपमा सुन्दै क्षेत्रको पर्यावरणीय स्थितिको समीक्षा गरियो तथा सम्बन्धित अदिकारीहरूसित विस्तृत चर्चा गरियो।

मन्त्री रविन्द्र इन्द्राज सिंहले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गर्दै बताए, यस भ्रमणावधि मुङ्गेशपुरस्थित वन भूमिको पनि निरीक्षण गरियो जहाँ व्यापक वृक्षारोपण एवं हरित क्षेत्र विकसित गर्ने सम्भावनाहरूमाथि विचार-विमर्श भयो। उनले भने, यस पहलको उद्देश्य क्षेत्रमा हरित आवरण बढ़ाउनु, प्रदूषणको प्रभावलाई कम गर्नु तथा दिल्लीका सुदूरवर्ती क्षेत्रहरूको लागि एक सशक्त पर्यावरणीय आदार तयार गर्नु हो।

मन्त्री रविन्द्र इन्द्राज सिंहले भने, स्वच्छ पर्यावरण, श्रेष्ठ जीवन गुणस्तर औ क्षेत्रको दिगो विकासको लागि सरकारले पूर्ण रूपमा प्रतिबद्ध भएर काम गरिरहेको छ। जनहितसित सम्बन्धित प्रत्येक विषयमा प्रभावकारी कारबाही सुनिश्चित गर्नको लागि सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देश दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande