
जलपाईगुड़ी, 02 जून (हि. स.)। राज्यभरि नै भ्रष्टाचारको आरोपमा तृणमूल नेताहरूलाई पक्राउ तथा जनाक्रोशका घटनाहरू भइरहेको समयमा जलपाईगुड़ी जिल्लाको माल नगरपालिका अन्तर्गत वार्ड नम्बर 11-का तृणमूल पार्षद अजय लोहार सहित पाँच जना मानिसहरूलाई पुलिसले पक्राउ गरेको छ। प्रधानमन्त्री आवास योजनाको लाभ दिलाएको सट्टामा कथित रूपमा कटमनी लिएको र पछि पैसा फिर्ता माग्दा एक परिवारमाथि कुटपिट गरेको आरोप लगाइएको छ।
पीड़ित बिपुल बर्मन र उनकी पत्नी प्रीतिलता बर्मनको आरोप छ, प्रधानमन्त्री आवास योजनाको लाभ दिलाउने आश्वासन दिएर उनीहरूबाट पैसा लिइएको थियो। तर उनीहरूले न त योजनाको लाभ पाए न त दिएको पैसा नै फिर्ता पाए। हालैमा उनीहरूले पार्षद अजय लोहारसित आफ्नो पैसा फर्काइदिने माग गरे, तर कुनै समाधान भएन। त्यसपछि दम्पत्तिले मालबजार थानामा लिखित सिकायत दर्ता गराए।
आरोप छ, सिकायत दर्ता गरिएपछि पार्षद र उनका समर्थकहरूले सिकायत फिर्ता लिनको लागि लगातार चाप दिरहेका थिए। दम्पत्तिले सिकायत फिर्ता लिनदेखि अस्वीकार गरेपछि गए सोमवार राती बिपुल बर्मनमाथि हमला गरियो।
प्रीतिलता बर्मनको आरोप छ, मालबजारको चौपाटी क्षेत्रमा घर फर्किरहेको समयमा उनका पतिलाई पार्षदका मानिसहरूले घेरेर कुटे। गम्भीर रूपमा घाइते बिपुल बर्मनलाई मालबजार सुपर स्पेशियलिटी अस्पतालमा भर्ती गरिएको छ जहाँ उनको उपचार भइरहेको छ।
घटनापछि प्रीतिलताले थानामा फेरि अर्को सिकायत दर्ता गराइन् जसको आधारमा पुलिसले पार्षद अजय लोहार, उनको भाइ आनन्द लोहार तथा मालबजार टाउन ब्लक तृणमूलका एकजना अध्यक्ष समेत पाँच जना मानिसहरूलाई पक्राउ गऱ्यो।
पुलिसले आरोपीहरूमाथि विभिन्न धाराहरू अन्तर्गत मामिला दर्ता गरी मामिलाको जाँच शुरू गरेको छ।
पुलिस अधिकारीहरूको भनाइ छ, कटमनी लिएको, सिकायत फिर्ता लिनको लागि दबाव दिएको तथा कुटपिट गरेको जस्ता आरोपहरूको गम्भीर रूपमा जाँच गरिँदैछ। यो पनि पत्तो लगाइँदछ, यस सम्पूर्ण मामिलामा अन्य को-को सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा