एलपीसी सिलेण्डर पड़्केर घर भत्कियो, धेरै जना घाइते, एकजना पुरिएको हुनसक्ने आशङ्का
एलपीसी सिलेण्डर पड़्केर घर भत्कियो, धेरै जना घाइते, एकजना पुरिएको हुनसक्ने आशङ्का


नयाँ दिल्ली, 02 जून (हि.स.)। उत्तर-पश्चिमी दिल्लीको मुकुन्दपुर क्षेत्रमा मङ्गलवार बिहान एलपीजी सिलेण्डर विस्फोट भएपछि एउटा घर भत्कियो। यस घटनापछि क्षेत्रमा हार-गुहारको निम्ति मानिसहरू चिच्याएको कारणले व्यापक खैलाबैला मचियो। वरपरका मानिसहरूमा भय व्याप्त भयो। सूचना पाउनसाथ दमकल विभाग, दिल्ली पुलिस तथा अन्य बचाउ एजेन्टीहरूका टीमहरूले घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्य शुरू गरे।

दमकल विभाग मुताविक बिहान लगभग 9:37 बजे जहाँगीरपुरी थाना अधिनस्थ ईशु विहार, मुकुन्दपुर-2 स्थित गल्ली नम्बर-1 मा घर भत्किएर झरेको सूचना प्राप्त भयो। सूचना पाए लगत्तै दमकलका पाँच वटा वाहनहरूलाई घटनास्थल तर्फ पठाइयो। शुरूआती जाँचमा घर भत्केर झर्नुको कारण एलपीजी सिलेण्डरमा भएको विस्फोटलाई मानिँदैछ तथापि अधिकारीहरूले यसको पुष्टि गरेका छैनन्।

दमकल अधिकारीहरू अनुसार मङ्गलवार बिहान लगभग 10:10 बजे सूचना प्राप्त भयो, लगभग 250 वर्ग गज क्षेत्रफलमा बनिएको एउटा भवन अचानक भत्किएर झऱ्यो। त्यसपछि अवशेषहरूमा दबिएका मानिसहरूलाई खोज्नका लागि सर्च एण्ड रेसक्यू अपरेशन शुरू गरियो। स्थानीय मानिसहरूले बताए, दुर्घटना हुँदा भवनभित्र धेरै जना मानिसहरू थिए।

प्रत्यक्षदर्शीहरूले बताए, बचाउ दलले अवशेषहरूबाट तीन जना मानिसहरूलाई सुरक्षित बाहिर निकाल्यो। सबै घाइतेहरूलाई तत्कालै नजिकैको अस्पतालमा भर्ती गरियो जहाँ उनीहरू उपाचाराधिन छन्। यता दमकल विभागलाई 10:30 बजे प्राप्त सूचना अनुसार चार-पाँच जना मानिसहरू घाइते भएका छन् जसलाई दमकल कर्मीहरू पुग्न अगावै स्थानीय मानिसहरू तथा पीसीआरको मद्दतले अस्पताल पुऱ्याइएको थियो।

स्थानीय निवासीहरूको भनाइ छ, अहिले पनि एकजना मानिस अवशेषहरूमा पुरिएको हुनसक्छ। त्यसैले बचाउ दलले जेसीबी र अन्य उपकरणहरूको सहयोगले अवशेषहरूलाई हटाउने काम गरिरहेको छ। पुलिसले वरपरका क्षेत्रहरूलाई घेराबन्दी गरेर मानिसहरूको आवागमनलाई सीमित बनाइदिएको छ। दुर्घटनाको वास्तविक कारण पत्तो लगाउनको लागि जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande