माधुर्य वर्मन हत्याकाण्डः परिवारलाई सान्त्वना दिन पुगे पूर्व मन्त्री जयन्तमल्ल बरूवा
माधुर्य वर्मन हत्याकाण्डः परिवारलाई सान्त्वना दिन पुगे पूर्व मन्त्री जयन्तमल्ल बरूवा


नलबाड़ी (असम), 02 जून (हि.स.)। असमको नलबाड़ी जिल्लामा ज्यान गुमाउने माधुर्य वर्मनको परिवारसित भेट गर्नका लागि पूर्व मन्त्री तथा विधायक जयन्तमल्ल बरूवा उनीहरूको घरमा पुगे। उनले शोक सन्तप्त परिवारसित भेट गरी संवेदना व्यक्त गरे अनि परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिए। बहिनीलाई कथित अपहरण तथा हमलादेखि बचाउने प्रयास गर्दा छात्र नेता माधुर्य वर्मनको निर्दयता पूर्वक हत्या गरिएको थियो।

यस अवधि जयन्तमल्ल बरुवाले भने, यस्तो मामिलाको विरोधमा सबै एकजुट भएर प्रयास गर्नुपर्छ। यस्ता घटनाहरूले एउटा परिवारलाई मात्र नभएर सम्पूर्ण समाजलाई प्रभावित पार्छ। साथै सामाजिक सौहार्दलाई पनि नोक्सान पुऱ्याउँछ।

विधायकले भने, राज्य सरकार औ प्रशासनले यस मामिलालाई गम्भीर रूपमा लिरहेको छ भने दोषीहरूविरूद्ध कड़ा कारबाही गरिरहेको छ। उनले मानिसहरूसित सतर्क तथा जागरूक रहने आह्वान गर्दै भने, समाज विरोधी गतिविधिहरूविरूद्ध सामूहिक रूपमा आवाज उठाउनु समयको आवश्यकता हो।

यस भेटमा माधुर्य वर्मनको परिवारले विधायक समक्ष आफ्नो व्यथा राखे। स्थानीय मानिसहरूले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरे। बरूवाले परिवारलाई न्या दिलाउनको लागि हरसम्भव प्रयास गर्ने भरोसा दिलाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande