पत्रकारहरूले पाउनुपर्छ क्याशलेस मेडिकल सुविधाः कपिल मिश्रा
पत्रकारहरूले पाउनुपर्छ क्याशलेस मेडिकल सुविधाः कपिल मिश्रा


नयाँ दिल्ली, 02 जून (हि.स.)। दिल्लीका कानून औ न्याय, श्रम, रोजगार मन्त्री कपिल मिश्राले भने, पत्रकारहरूले क्याशलेस मेडिकल सुविधा पाउनुपर्छ। उनले यो कुरा ‘मान्यता प्राप्त पत्रकार कल्याण समिति’- का प्रतिनिधिमण्डलसित बातचित गर्ने क्रममा भनेका हुन्।

समितिको एक प्रतिनिधिमण्डल पत्रकारहरूको माग उल्लेखित ज्ञापन पत्र लिएर मन्त्री कपिल मिश्रासित भेट गर्न आज दिल्ली सचिवालयमा गएको थियो। प्रतिनिधिमण्डलमा समितिका जनरल सेक्रेटरी रजनीकान्त तिवारी, कोषाध्यक्ष अशोक कौशिक, गौरव शर्मा, श्याम सुन्दर औ अमित कुमार सामेल थिए। यस अवसरमा कपिल मिश्रालाई प्रतीक चिन्ह, शल तथा पुष्प गुच्छा भेट गरी सम्मानित गरियो। सो ज्ञानकारी ‘मान्यता प्राप्त पत्रकार कल्याण समिति’-द्वारा जारी एक विज्ञप्ति मार्फत दिइएको छ।

विज्ञप्ति मुताविक यस अवसरमा कपिल मिश्राले पत्रकारहरूको मागमाथि चर्चा गर्दै भने, पत्रकारहरूले क्याशलेस मेडिकल सुविधा त पाउनैपर्छ। यसको साथै पत्रकारहरूलाई पेन्शन, डीटीसीको अन्तर्राज्यीय बसहरूमा निशुल्क यात्रा सहित अन्य मागहरूमाथि विचार गर्ने भरोसा समेत उनले दिलाए।

समितिका प्रतिनिधिहरूले भने, पत्रकारहरूले समाज र सरकारको बीचमा सेतुको काम गर्दछन्। कठिन परिस्थिति, जोखिम तथा लगातार जिम्मेवारीहरूबीच पनि पत्रकारहरूले जनहितको आवाजलाई बाहिर ल्याउँछन्। यस्तो स्थितिमा उनीहरूको स्वास्थ्य र भविष्यको सुरक्षा सरकारको प्राथमिकता हुनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande