‘लक्ष्मी भण्डार’ घोटाला: लाभार्थीले पाएन पैसा, अन्यको खातामा पसिरह्यो पैसा
‘लक्ष्मी भण्डार’ घोटाला: लाभार्थीले पाएन पैसा, अन्यको खातामा पसिरह्यो पैसा


मालदा, 02 जून (हि.स.)। पश्चिम बङ्गालको मालदा जिल्लास्थित हरिश्चन्द्रपुरबाट ‘लक्ष्मी भण्डार’ योजनामा व्यापक भ्रष्टाचार भएको मामिला मङ्गलवार खुलासा भएको छ। आरोप छ, एक जना महिलाको नाममा जारी सरकारी सहायता राशि पछिल्लो पाँच वर्षदेखिको एक जना पुरूषको ब्याङ्क खातामा जमा भइरह्यो। यो खुलासापछि सम्पूर्ण क्षेत्रमा खैलाबैला मचिएको छ भने अर्कोतिर राजनीतिक आरोप-प्रत्यारोपको सिलसिला पनि तीव्र भएको छ।

मामिलाको केन्द्रमा हरिश्चन्द्रपुरको सोनाकुल गाउँकी निवासी नून नाहर हुन् जसले वर्ष 2021-मा यस योजनाको लागि आवेदन गरेकी थिइन्। उनको आरोप छ, उनलाई आजसम्ममा एक रुपियाँ पनि प्राप्त भएको छैन। जबकि दस्तावेज तथा ब्याङ्क स्टेटमेन्टबाट खुलासा भएको छ कि वर्ष 2021-देखि 2026-सम्ममा उनको नाममा जारी राशि स्थानीय गृह शिक्षक गोलाम मोर्तुजाको ब्याङ्क खातामा पसिरह्यो। घटना प्रकाशमा आएपछि गोलाम मोर्तुजाले स्पष्टिकरण दिँदै भने, उनलाई यस सम्बन्धमा कुनै जानकारी थिएन। मीडियाबाट सूचना पाएपछि नै उनले ब्याङ्कमा गएर जाँच गरे। तथापि उनको यस दाबीमाथि प्रश्न उठिरहेको छ, आखिर पाँच वर्षसम्म खातामा पैसा आइरहेको भए पनि उनलाई यसको जानकारी कसरी हुन सकेन?

पीड़िता नून नाहरको भनाइ छ, उनले कैयौं पटक ‘द्वारे सरकार’ शिविरमा सिकायत गराएको भए पनि कुनै कारबाही भएन। भारतीय जनता पार्टी (बीजेपी)-ले यस ममिलालाई ठूलो घोटाला बताउँदै दाबी गरेको छ, 300भन्दा अधिक परिवार यस गड़बड़ीको शिकार भएको हुनसक्छ। बीजेपी नेता ओमप्रकाश घोषले आरोप लगाए, ‘लक्ष्मी भण्डार’ मात्र नभएर वृक्षारोपण योजना औ इन्दिरा आवास योजनामा समेत व्यापक स्तरमा भ्रष्टाचार भएको छ।

यता तृणमूल कङ्ग्रेसका विधायक मतिबुर रहमानले कड़ा प्रतिक्रिया व्यक्त गर्दै भने, यस किसिमको अनियमिततालाई सहन गरिनेछैन। जाँच गरेर दोषीहरूलाई कारबाही गरिनेछ। उनले यो पनि सङ्केत दिए, यस मामिलामा स्थानीय प्रशासन, बीडीओ कार्यालय औ पूर्व विधायक ताजमुल हुसैनका निकटवर्ती मानिसहरूको संलिप्तता हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande