महबूबा मुफ्तीले जम्मू-कश्मीर मुद्दामा प्रधानमन्त्री, गृहमन्त्रीसित सर्वदलीय सम्पर्क गर्ने आग्रह गरिन्
महबूबा मुफ्तीले जम्मू-कश्मीर मुद्दामा प्रधानमन्त्री, गृहमन्त्रीसित सर्वदलीय सम्पर्क गर्ने आग्रह गरिन्


श्रीनगर, 02 जून (हि.स.)। जम्मू-कश्मीरकी पूर्व मुख्यमन्त्री औ पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)- की अध्यक्ष महबूबा मुफ्तीले जम्मू-कश्मीरका विभिन्न राजनीतिक औ नागरिक समाजका नेताहरूसित सम्पर्क गरी आपस्तका मतभेदहरूलाई भुलेर जम्मू-कश्मीरमाथि एक दिगो वार्ता प्रक्रिया शुरू गर्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री अमित शाहसित संयुक्त रूपमा जोड़िने आग्रह गरेकी छन्।

महबूबा मुफ्तीले मुख्यमन्त्री उमर अब्दुल्ला, विपक्षका नेता सुनिल शर्मा, जेकेपीसीसी अध्यक्ष तारिक हमिद कर्रा, सीपीआई (एम) नेता मोहम्मद यूसुफ तारिगामी, पीपुल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद गनी लोन, सांसद इन्जीनियर राशिद, आप नेता मेहराज मलिक, पीडीएफ अध्यक्ष हकिम मोहम्मद यासिन, प्यान्थर्स पार्टी अध्यक्ष हर्ष देव सिंह, शिव सेना (जेएण्डके) अध्यक्ष मनीष साहनी, कश्मीरी पण्डितका नेता सञ्जय टिक्कू औ गुरुद्वारा प्रबन्धक समितिका अध्यक्षलाई पत्राचार गरेकी छन्।

जसपाल सिंह. मुख्यमन्त्री उमर अब्दुल्लालाई लेखिएको आफ्नो पत्रमा मुफ्तीले उल्लेख गरेकी छन्, मैले तपाईसित भेट गर्नको लागि समय मागेकी थिएँ, तर तपाईको व्यस्तताको कारणले यो सम्भव हुन सके। त्यसैले तपाईलाई पत्र लेख्ने स्वतन्त्रता लिरहेकी छु, किनभने समय सकिरहेको छ र हामी अब ढिलो गर्न सक्दैनौं। केन्द्रसित लेह एपेक्स बडी र कारगिल डेमोक्रेटिक अलायन्सद्वारा हालैमा हासिल गरिएका सफलताहरूले एउटा महत्वपूर्ण पाठ सिकाउँछ कि

बातचितले नै सार्थिक परिणाम दिनसक्छ। सीएमलाई सम्बोधित पत्रमा उनले लेखेकी छन्, जम्मू औ कश्मीरले आफ्नो इतिहासमा फेरि एकपटक आफैलाई एउटा चौरस्तामा पाएको छ जहाँ निराश र मोहभङ्गको व्यापक भावनाले राज्यलाई जकड़ेर राखेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande