मन्त्री प्रवेश साहिब सिंह र सांसद मनोज तिवारीले देवी बसबाट गरे रोहतास नगर विधानसभाको दौड़ाह
मन्त्री प्रवेश साहिब सिंह र सांसद मनोज तिवारीले देवी बसबाट गरे रोहतास नगर विधानसभाको दौड़ाह


नयाँ दिल्ली, 02 जून (हि.स.)। दिल्लीका लोक निर्माण विभागीय मन्त्री प्रवेश साहिब सिंह तथा भारतीय जनता पार्टी (भाजपा) का सांसद मनोज तिवारीले मङ्गलवार रोहतास नगर विधानसभाको दौड़ाह गरे। यस अवधि दुवैले देवी बसमा सवार भएर क्षेत्रमा भइरहेका विकास कार्यहरूको समीक्षा तथा परियोजनाहरूको निरीक्षण गरे।

मन्त्री प्रवेश साहिब सिंहले देवी बसभित्र नै पत्रकारहरूलाई सम्बोधन गर्दै भने, क्षेत्रमा सड़क तथा जलभराउको समस्या थियो। हामीले यी समस्याहरूलाई ध्यान दिरहेका छौं र चाँड़ै नै यसको समाधान खोजिनेछ। सबै अधिकारीहरू हाम्रो साथमा छन्। सबैले कार्यहरूको जायजा लिरहेका छन्। उनले भने, सरकारसित पैसाको कुनै अभाव छैन। प्रधानमन्त्री र मुख्यमन्त्रीबाट विकास योजनाहरूको लागि पर्याप्त धनराशि प्राप्त भइरहेको छ।

भाजपा सांसद मनोज तिवारीले भने, सरकारको मुख्य उद्देश्य विकास हो। यसको लागि सबै समस्याहरूको समाधान गरिँदैछ। उनले भने, मन्त्री स्वयंले क्षेत्रको भ्रमण गरी अधिकारीहरूलाई समस्याहरूको समाधान गर्ने निर्देश दिरहेका छन्।

मनोज तिवारीले भने, तपाईहरूले पछिल्लो 15-20 वर्षमा कुनै मन्त्रीलाई वाहनहरूको लस्कर बिनै यसरी भ्रमण गरेको सायदै देख्नु भएको छैन होला।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande